महिला हडताललाई सहयोग गर्न आग्रह


प्रकाशित मिति :2020-02-14 12:23:56

–महिला खबर–

ललितपुर । महिलावादी डा. रेणु अधिकारीले महिलाको विश्वव्यापी हडताललाई सहयोग गर्न आग्रह गरेकी छन् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्मा विश्वभरी नै मनाउन लागिएको महिलाको विश्वव्यापी हडताल नेपालमा पनि देशव्यापी रुपमा मनाउन लागिएको भन्दै डा. अधिकारीले सहयोगका लागि पत्रकारहरूसंग आग्रह गरेकी हुन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा विश्वभर नै महिलाहरूले हडताल मनाउन लागेको जानकारी दिइन् ।

डा. अधिकारीले महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने बताइन् । ‘त्यसैले महिलाको कामको महत्व दर्शाउन र उनीहरूको कामको सम्मान होस् भन्ने उद्देश्यले ८ मार्चका दिन सबै महिलाहरूलाई एकछिन् आफूले गरिरहेको काम छोड्न आग्रह गरिएको हो’ डा. अधिकारीले थपिन्, ‘एकैछिन भए पनि आफूले गरिरहेको काम रोक्नुस्, संसार रोकिन्छ । ताकि महिलाको कामको महत्व संसारले बुझोस् ।’

पछिल्लो समय श्रमिक महिला दिवस पैंसा हुने एनजीओ/आइएनजीओहरूको नारी क्लवको रुपमा मात्रै मनाइने गरेको भन्दै यसको औचित्य जोगाइराख्नका लागि विश्वभरका महिलावादीहरूले संसारभर महिलाको विश्वव्यापी हडताल मनाउन लागेका हुन् ।

महिलाको कामको मुल्यांकन होस् भन्दै मनाइने ८ मार्च केवल औपचारिकतामा मात्रै सिमित भइरहेको छ । संरचनागत परिवर्तनका लागि काम गर्दै आइरहेका महिलावादीहरू यो विषयमा चिन्तित हुँदै ‘महिला रोकिए, संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ हडताल मनाउन लागेको डा. अधिकारीको भनाइ छ ।

हडताललाई संसार भरी धेरै वटा ठाउँमा धेरै वटा संस्थाहरूले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम (ए. पी. डब्लु. एल. डी.) ले संयोजन गरिरहेको छ भने नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवम् राष्ट्रिय आदिवासी–जनजाति महिला महासंघले गरिरहको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. अधिकारीले वर्तमान अवस्थामा महिला आन्दोलन परियोजनामुखी भएको कुरामा खेद जनाइन् । महिलाको मुद्दा राजनैतिक मुद्दा भएकाले यसलाई संसार भरी नै उठाई महिला आन्दोलनलाई फेरि रणनैतिक बनाउनुपर्ने कुरामा उनको जोड थियो ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिला हडताल नेपालमा ८ मार्चको दिन ७७ वटै जिल्लामा मनाउदै छ । काठमाडौंमा भने ७ मार्चका दिन दिउसो २ बजे भद्रकालीबाट शुरु हुने र्‍याली माइतीघर मण्डला पुगेर कोणसभामा परिणत हुनेछ ।

र्‍यालीमा सबै जाती, धर्म, समुदाय, पेशाका महिलाहरू आ–आफ्नो पहिचानसहित सहभागी हुने अध्यक्ष अधिकारीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: