सञ्चारिकाका सचिव अधिकारी सम्मानित


प्रकाशित मिति :2020-02-16 11:24:13

ललितपुर । सञ्चारिका समूहका सचिव यशोदा अधिकारी काठमाडौँस्थित राय स्कूलकोे सञ्चारकर्मी सम्मानबाट सम्मानित भएकी छन् । रेडियो नेपालमा कार्यरत अधिकारीलाई नक्सालस्थित विद्यालयको नयाँ भवनमा आयोजित २० औँ वार्षिकोत्सवमा सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले नगद रु ११ हजारसहित पत्रकार अधिकारीलाई सम्मान गरे । पत्रकारिता र साहित्यमा डेढ दशकदेखि कार्यरत अधिकारी शिक्षा पत्रकार समूहमा समेत आबद्ध छन् । विद्यालयले हरेक वर्ष एक सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक दयानन्द झासहित उत्कृष्ट विद्यार्थी र कर्मचारीलाई काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत डा. अजयकुमारले सम्मान गरे । बोर्डको परीक्षामा सो विद्यालयका विद्यार्थीले विभिन्न विषयमा ९५ भन्दा बढी प्रतिशत ल्याई हरेक वर्ष उत्कृष्टमध्येको स्थान हासिल गर्दै आएका छन् ।

न्यायाधीश सिन्हाले राय स्कुलको अत्याधूनिक भवन अवलोकन गर्दा आफूले विद्यालय उमेरमा पाल्पाको तानसेनमा बस्ने टेबुल, कुर्सी नपाएर बोरामा बसेर पढेको स्मरण गर्दै अहिलेको समयमा विद्यार्थीले सुविधासम्पन्न वातावरणमा पढ्न पाएको बताए । उनले विद्यार्थीलाई आत्मविश्वासयुक्त भई राम्रो नागरिक बन्न आग्रह गरे ।

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले सामुदादियक विद्यालयलाई पनि उत्कृष्ट बनाउन लाग्नुपर्ने र अशल शिक्षा लिएर विद्यार्थीले देशकै लागि केही गर्नुपर्नेमा जोड दिइन् । उनले महिलालाई मुलुकको मुख्य पदमा पुगेपछि मुलुकमा विकासले गति पाउने र भ्रष्टाचार कम हुने बताइन् ।

विद्यालयका प्रिन्सिपल केपी पाण्डेले आफूहरुले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि आरम्भरदेखि नै काम गर्दै आएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: