एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई


प्रकाशित मिति :2020-02-16 12:33:47

-महिला खबर-

ललितपुर । अछामकी क्रियाशील पत्रकार मेनुका ढुंगानालाई एक हजार अमेरिकी डलर राशिको पुरस्कार प्रदान गरिने भएको छ । ढुंगानालाई नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

मेनुका ढुंगानायस्तै सोही पुरस्कार बाजुराका पत्रकार प्रकाश सिंहले पनि जितेका छन् । सिंहको हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षकको आलेखले उक्त पुरस्कार जितेको इञ्जाले जनाएको छ ।

सन् २०१९ भरीमा प्रकाशित ३५१ वटा समाचार तथा फिचर प्रतिस्पर्धामा सामेल थिए ।

वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो। ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ । छाउपडीविरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासंग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ ।

प्रकाश सिंह

सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ । जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ ।

यसैगरी एक हजार डलर राशिको इञ्जा श्रष्टा सम्मान पत्रकार, वरिष्ठ साहित्यकार ८५ वर्षीय प्राध्यापक चुडामणी रेग्मी ‘चुमरे’लाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्। झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गरेका थिए । जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताएका छन् ।

चुडामणी रेग्मी ‘चुमरे’

झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो । इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

पुरस्कार तथा सम्मान आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: