महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ


प्रकाशित मिति :2020-02-16 12:47:59

पर्वत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरूलाई तालिम सशक्तितरण लगायत विभिन्न नाममा अलमल्याएर अर्धबेरोजगार मात्रै बनाउने कामको अन्त्य गर्नु पर्ने बताएका छन् । ११० औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको बेनीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

लामो समयसम्म महिलाको क्षेत्रमा भएका काम र त्यसको उपलब्धी सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङको भनाइ थियो । सरकार आफैंले दिएका अनुदान र गरेका विभिन्न कार्यक्रमतर्फ लक्षित गर्दै मन्त्री गुरुङले भने, ‘विगतको नतिजालाई समेत हेरेर सरकार महिलालाई उद्यमी बनाउने कामको थालनी गर्दैछ । यसको नतिजा आउने बर्षको बजेटमा समेत देखिनेछ ’


स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघसंस्थाहरूले गरेका महिला लक्षित कार्यक्रमहरू कागजमा लेखिएजस्तो र उनीहरूले भनेजस्तो गरि संचालन हुन सकेका छैनन । यस्ता कामको समिक्षा हुन नसक्दा असन्तुष्टि बढेर गएको पनि मन्त्री गुरुङले बताए । ‘असन्तुष्टिलाई सन्तुष्टिमा र निराशालाई उत्साहमा रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माणको लागि महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो ।’

पर्वतको बेनीमा यही फागुन ११ गतेसम्म चल्ने तेह्रौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको र्यालीमा सहभागी भैसकेपछिको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘अब हुने आर्थिक परिवर्तन र सदाचारी उद्यमशिलताको नेतृत्व महिलाले गर्नेछन् ।’

नारी उत्थान समाजद्वारा संचालित सामुदायिक रेडियो दिदीबहिनीको दशौं बार्षिक उत्सवको अवसर पारेर गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए ।

महिला महोत्सवमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: