घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा


प्रकाशित मिति :2020-02-18 16:07:56

-आशिष प्रताप मल्ल-

बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना दमाई उपचार अभावमा अस्पतालको बेडमा छट्पटाइरहेकी छन् ।

बाजुराको बडिमालिका नगरपालिका ९ बस्ने ४५ वर्षीया मैना दमाई उपचार अभावमा अस्पतालको बेडमा छट्पटाइरहेकी छन् ।

मधुमेहबाट थला परेकी उनीलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी लैजान रिफर गरेको थियो । तर आर्थिक स्थिती कमजोर भएकाले उनी धनगढी जाने अवस्थामा छैन ।

थला परेकी मैनालाई स्थानीय शिक्षकको सहयोगमा जिल्ला अस्पताल पुर्‍याइको थियो । अस्पतालमा १ हप्ता उपचार गरे पनि उनको रगतमा सुगरको मात्रा धेरै रहेकोले थप उपचारका लागि रिफर गरिसकेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्कर्माले बताए।

सामान्यतया मानिसमा सुगरको मात्रा ७० देखि १ सय ४० सम्म हुन्छ, तर उनको शरीरमा त्यो मात्रा बढेर ३ सय भन्दा बढि पुगेको अस्पतालकी नर्स मनदेवी पाध्यायले बताइन् ।

बाजुरा अस्पतालले मधुमेहको ट्याब्लेटमार्फत उनको उपचार गरिरहेको छ। तर उनको अवस्था जटिल भइसकेकाले सुईमार्फत उपचार गर्नुपर्ने र त्यो यहाँ सम्भव नभएको अस्पतालका प्रमुख डा. विश्वकर्माले बताए ।

अहिले मैना अस्पतालको शैयामा मृत्यु कुरिरहेकी छन्। उनी बोल्नसमेत सक्दिनन् ।

मैनाबाट सन्तान नभएपछि उनका श्रीमान् बलबहादुर नेपालीले अर्को बिहे गरेको गाउँलेले बताए ।

विवाह गरेको १३ वर्षसम्म सन्तान नभएपछि श्रीमान्ले ३ वर्ष पहिले दोस्रो बिहे गरेपछि मैना माइत बस्दै आएकी थिइन् ।

होटलमा भाडा माझेर दैनिक गुजारा गर्दै आएकी उनी गएको कार्तिक महिनाबाट मधुमेह रोगका कारण थला परेको थाहा भएको छ ।

अहिले मैनालाई अस्पतालमा अलपत्र रहेको खबर पाएपछि बडिमालिका नगरपालिकाको महिला शाखाले उपचारका लागि पहल गरिरहेको सहायक महिला विकास निरीक्षक बिन्दु बडालले बताइन् । उनलाई आर्थिक सहयोग जुटाउन र उनीसँग धनगढीसम्म जाने अभिभावकको खोजी गर्न समन्वय गरिरहेको पनि बडालले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: