नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि


प्रकाशित मिति :2020-02-20 13:42:47

–महिला खबर–

ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ६ हजार ६ सय ४२ जना पीडित भए भए । सन् २०१८ मा यस्ता घटनाबाट ५ हजार १ सय १० जना पीडित भएका थिए ।

इन्सेकले बुधबार ‘मानव अधिकार वर्ष पुस्तक २०२०’ सार्वजनिक गर्दै यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी जम्मा ९ सय ३० जना तथा ज्यादतीका घटनामा ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ जना पीडित भएको जानकारी दियो ।

गत वर्षको तुलनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा यस वर्ष १ हजार ५ सय ३२ जना बढी पीडित भएको पुस्तकमा उल्लेख छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई जना, सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी सात जनाको मृत्यु भएको बताए ।

यस्तै यस वर्ष यातनाका घटनामा १३ जना, गिरफ्तारीका घटनामा ७ सय २ जना, जातीय विभेदका घटनामा ६२ जना, अमानवीय व्यवहारका घटनामा ४० जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ जना र धम्कीका घटनामा ३५ जना र कुटपिटका घटनामा २ सय ७९ जना पीडित भए ।

यसैगरी, यसवर्ष विस्थापनका घटनामा आठ जना र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भए ।

इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुुक्त एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले पुस्तकको २८ औँ अङ्क विमोचन गरेका थिए ।

पुस्त्क विमोचन गर्दै संस्थापक अध्यक्ष प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भइ उनीहरूको सम्मानित जीवन यापनमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नु पर्ने खाँचो औँल्याए ।

उनले राजतन्त्रको अन्त्य गर्न, दुई किसिमका सेनालाई वार्ताबाट एकै ठाउँमा ल्याउन सक्ने तर सङ्क्रमणकालीन न्यायका अन्य काम निश्कर्षमा पुग्न नसकेको विषययप्रति आत्मसमीक्षा गर्नु पर्ने खाँचो रहेको बताए ।

प्याकुरेलले शान्ति प्रक्रियाका अरु काम गर्न सक्ने तर हिजो घटाइएका घटना र ज्यादतीलाई बिर्सन खोजेको प्रति चिन्ता व्यक्त गर्दै दण्डहिनताको श्रृङ्खला टुंग्याउन ढिला गर्नु नहुने बताए ।

इन्सेकले बुधबार सातै प्रदेशमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुका साथै प्रदेशबाट उत्कृष्ट भएका जिल्ला प्रतिनिधिलाई पुरस्कार प्रदान गरेको छ ।

प्रदेश १ बाट उदयपुरका भरत खड्का, प्रदेश २ बाट बाराका भोलानाथ पौडेल, बागमति प्रदेशबाट काठमाडौँकी बिमला पौडेल, गण्डकी प्रदेशबाट नवलपरासी पूर्वका तिर्थराज डुम्रे, प्रदेश ५ बाट गुल्मीका टोपलाल अर्याल, कर्णाली प्रदेशबाट रुकुम पश्चिमकी मनिषा केसी र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराका भुपेन्द्र बिष्ट उत्कृष्ट प्रतिनिधि भएका छन् ।

इन्सेकले सन् १९९२ देखि हरेक वर्ष मानव अधिकार उल्लंघन र ज्यादतिका घटनालाई समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: