नारी निकुञ्जले राष्ट्रिय उत्सव र अन्तराष्ट्रिय श्रमिक महिला दिवस संगै मनाउने


प्रकाशित मिति :2020-02-20 14:16:36

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया नारी निकुञ्जले आफ्नो वार्षिकोत्सव भव्यरुपमा मनाउने भएको छ । संस्था स्थापनाको १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको अवसरमा नारी निकुञ्जले राष्ट्रिय उत्सव र अन्तराष्ट्रिय श्रमिक महिला दिवस पनि सँगै मनाउने तयारी गरेको नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले जानकारी दिइन् ।

मार्च ७ तारिख शनिबार आयोजना गरिएको उक्त कार्यक्रम कोरिडन पार्कमा रहेको कोरियन सोसाइटीको हलमा आयोजना हुनेछ । नारी कुञ्ज परिवारको जमघट रहने उक्त कार्यक्रममा परोपकारी गाला डिनर गरिनेछ । अर्थ संकलनको उद्देश्यले आयोजना गरिने गालामा प्रवेश शुल्क ५० डलर तोकिएको छ भने विद्यार्थीका लागि ३५ र बालबालिकाले ३० डलर बुझाउनुपर्ने छ ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नारी निकुञ्जका सबै सदस्यलाई समेट्ने प्रयास गरिएको संयोजक साहले जानकारी दिइन् । उनले भनिन, ‘कार्यक्रममा संस्थाले १० वर्षसम्म गरेको कामको वृत्तचित्र प्रस्तुत हुनेछ भने केही बिद्यार्थीहरु ले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् , यसबाट प्रतिभाको पनि खोजी हुनेछ ‘ ।

साँझ साढे ५ बजेदेखि सुरु भएको कार्यक्रम राति १० बजेसम्म चल्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: