अश्लील शब्द र आमाको अर्ती


प्रकाशित मिति :2020-02-20 14:42:01

म नौं कक्षामा पढ्दै थिएँ । स्कुलमा आसार र साउनभरि नै मीन पचासको विदा हुन्थ्यो । त्यही बेला धान बाली लगाईन्थ्यो । हामी दाजुभाइ गोरु लिएर बिहानै खेततिर लाग्थ्यौं ।

एक दिन म एक्लै गोरु जोत्तै थिएँ । वल्लो पल्लो खेतका हलीहरु गोरु चुट्दै खेत जोत्तै थिए । गोरु चुट्ने मात्र होईन, गोरुलाई भेगै थर्कने गरी अश्लील शब्दले गाली गर्दै थिएँ ।

मेरा गोरु पनि मापाकै थिए । नियन्त्रण गरेर जोत्न गाह्रो ।

निर्मल भट्टराई

त्यति बेला आफूसंग घडी थिएन । कसै कसै धनीमानीले घडी बाँधेर नजिक आए भने परैबाट घडीभित्रका सुई चलेको हेथ्र्यौं र मौका पाए सुईको टिक टिक आवाज सुन्थ्यौं । हलीको हातमा घडी ? असम्भव, विल्कुल असम्भव ।

सारको महिना । घाम निकै माथि चढिसकेका थिए । अहिलेको हिसाबमा त्यस्तै विहानको ११ बजेको हुँदो हो । पेटमा मुसा कुद्दै थिए । भोकमा मारे गोरु पिट्न निहुँ खोज्दै थिएँ । स्कुलमा त्यस्तै साथीहरुको संगतले म पनि वरिपरिका हलीजस्तै अश्लील शब्द बोल्ने आदतमा थिएँ ।

नानाथरिका अश्लील शब्द प्रयोग गरेर गोरु चुट्दै काल्नामुनि गोरु जोत्दै थिएँ म । आमा नजिकै आईपुगेको मलाई पत्तै भएन ।

“हेर हेर यसले के बोलेको ? स्कुलमा सरहरुले त्यस्तै सिकाउछन् तँलाई ? ” खाना राख्दै आमाले भन्नुभयो ।

आमाले सुन्ने गरी त्यस्ता छाडा शब्द मैले कहिल्यै बोलेको थिइन । लाजले म रातोपिरो भएँ ।

“वरिपरि कोही थिएनन्, र गोरुलाई गाली गरेको ?”आफ्नो बचाउ गर्दै मैले भनें ।

“कसैले सुन्दैनन् भनेर छाडा कुरा बोल्न हुन्छ ? मान्छेले त नसुन्लान् रे भगवानले त सुनिराखेका हुन्छन् बाबै । अबदेखि कहिल्यै आज बोलेजस्ता छाडा कुरा नबोल्नू ।”

त्यो दिनदेखि छाडा कुरा (अश्लील शब्द) बोलिएन ।

छाडा कुरा बोल्ने आदत नहटेको भए अहिलेको फोन ट्यापिङ्ग युगमा हैरान पो हुने रहेछ गाँठे ! भट्टराईको फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: