अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशालामा ३० भन्दा बढी देश सहभागी हुने


प्रकाशित मिति :2020-02-23 16:06:52

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आउँदो जेठ महिनामा ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को आयोजना गर्ने भएको छ । जेठ १३ गतेदेखि १५ गतेसम्म चल्ने गोष्ठीको मन्त्रालयसहित राष्ट्रिय मानव अधिकार आयोग आयोजक हुनेछन् भने दक्षिण गोलार्दयीय महिनावारी सञ्जाल सहआयोजक हुनेछ ।

आज आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारको छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तरगत यो कार्यक्रम हुन लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथालगायतका सामाजिक कुरीति र अन्धविश्वासबाट देशलाई मुक्त गराउने सरकारको अभियान अन्तरगत हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा स्थानीय तह, प्रदेश तथा तथा प्रतिनिधिसभाका सदस्य, अभियन्ता लगायतको सहभागिता हुने बताए ।

मन्त्री गुरुङले ३० भन्दा बढि देश सहभागी हुनेसम्मेलनले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर आयोजना गर्न लागिएको गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा’ भन्ने रहेको छ ।

गोष्ठीमा महिनावारीका विभिन्न पक्षहरु भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक तथा प्रजनन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई छाउपडी प्रथा लगायतका सामाजिक कूरीति अन्त्यका लागि आवश्यक ऐन, कानुन र नीतिको बारेमा छलफल गरिनेछ ।
सोही अवसरमा मन्त्री गुरुङले महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा पनि जोड दिए ।

सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजना अनुसार नै मन्त्रालयले छाउपडी प्रथा अन्त्यको अभियानलाई तीव्रता दिनु परेको मन्त्री गुरुङको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजनाका लागि पहल गर्ने दक्षिण गोलार्दयीय महिनावारी सञ्जालका संस्थापक अभियन्ता राधा पौडेलले महिनावारी भएको बेला जुन घरमा बार्ने चलन छ, त्यहाँ महिलाहरु करिब ३३ वटा मानव अधिकारबाट बञ्चित हुने गरेको बताइन् ।

हरेक महिलाले महिनावारी भएका बेला मर्यादापूर्वक जीवन जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को आयोजना गरिएको पौडेलले बताइन् ।

पौडेलका अनुसार मर्यादित महिनावारी सम्बन्धमा नेपालमा हुन लागेको यो सम्मेलन विश्वमै पहिलो पटक हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: