एसिड आक्रमण रोक्न कानून परिमार्जन आवश्यक


प्रकाशित मिति :2020-02-23 19:23:32

ललितपुर । बढ्दो एसिड आक्रमणका घटना न्यूनीकरणका लागि कानून परिमार्जन आवश्यक भएको सरोकारवालाले बताएका छन् । एम्नेष्टी इन्टरनेश्नल नेपालले काठमाडौंमा आयोजना गरेको एसिड हिंसा बारे बहु–सरोकारवाला छलफलमा सरोकारवालाले यस्ता घटना न्यूनीकरणका लागि कानून नै परिमार्जन गर्न आवश्यक रहेको बताएका हुन् ।

एसिड आक्रमणबाट पीडितलाई न्यायको महसुस हुनेगरी सरकारले उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने उनीहरूको भनाई छ ।

एसिड आक्रमणका घटना दिनप्रति दिन बढ्दै गएको र यो किशोरी तथा युवतीहरूका लागि डरलाग्दो सुरक्षा समस्या बन्दै गएको उनीहरूले बताए ।

एसिड आक्रमणका घटनाका पीडकलाई कारबाहीका लागि आवश्यक कानून अभावमा उनीहरूले उन्मुक्ति पाउने गरेको छ ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले एसिड आक्रमणका घटना न्यूनीकरण गर्न मन्त्रालयबाट हुनुपर्ने छानबिन तथा अनुसन्धानका कुनै कमी नभएको बताए । यस्ता विषयमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने भन्दै एकल प्रयासले यस्ता घटना न्यूनीकरण वा अन्त्य नहुने उनको भनाई छ ।

सबै सरोकारवालाको सामूहिक प्रयास र प्रतिवद्धता आवश्यक रहेको शर्माले बताए ।

महानगरीय प्रहरी परिसर टेकुका डीएसपी कृष्ण चन्दले किशोरीहरू बढी मात्रामा एसिड आक्रमण तथा साइबर अपराधको शिकार हुने गरेको भन्दै स्कूल कलेजमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

अधिकारकर्मी सविन श्रेष्ठले संविधानमा नागरिकको मौलिक हकको व्यवस्था गरिए पनि त्यो कागमै सीमित भएको बताए ।

सरकारले अपराध पीडित संरक्षण ऐन ल्याएको झण्डै दुई वर्ष हुन लाग्दासमेत कार्यान्वयनका लागि नियमावली नहुँदा पीडितले न्याय पाउन नसकेको उनले बताए ।

पीडित प्रभाव प्रतिवेदन प्रस्तुत गर्न सक्ने र त्यो प्रतिवेदनका आधारमा पीडितले क्षतिपूर्ति पाउने प्रावधान भएपनि त्यो कार्यान्वयन हुन नसेको उनले बताए । एसिड बिक्री वितरणमा पनि नियमन आयश्यक रहेको श्रेष्ठको भनाई थियो ।

सर्वोच्च खदालतले एसिडजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा कानूनी नियमन गर्न सरकारलाई आदेश दिएको छ । तर, सरकारले यस्तो नियमनकारी व्यवस्थाको तर्जुमा गरी अझै व्यवहारिक कार्यान्वयन गर्न सकेको छैन ।

मानव अधिकार उल्लंघनको जोखिममा रहेका व्यक्तिको सर्मथनमा एम्नेष्टी इन्टरनेश्नल नेपालले प्रत्येक वर्ष पत्र लेखन अभियान राइट फर राईट्स अभियान सञ्चालन गर्दै आएको छ । सो अन्तर्गत, एसिडको बेचबिखनलाई नियमन गर्न भनी सन् २०१७ मा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न माग गर्दै एम्नेष्टी इन्टरनेश्नलले सरकारलाई पत्र लेख्ने अभियान मुलुकभर सञ्चालन गरेको थियो । सोही अभियानका क्रममा मुलुकभरबाट संकलित ३३ सय वटा पत्र गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई हस्तान्तरण गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: