‘गोल्डेन जाम्बोरी’ मा निर्मलालाई न्यायः विद्यार्थीले भने ‘पापीहरूलाई झुण्ड्याइदेउ टुँडीखेलको माझ’


प्रकाशित मिति :2020-02-24 12:40:03

–महिला खबर–

ललितपुर । देशमा दिन प्रतिदिन बढिरहेका हिंसा र बलात्कारका घटनाबाट आजित छन्, जनता । कोक्रोमा सुताइएकी शिशु बालिकादेखि ९० वर्षकी हजूरआमाको बलात्कारपछि हत्या भएको छ । सुन्न र हेर्नै नसकिने क्रूर खालका अमानवीय घटनाको संख्या बढ्न थालेपछि अब जनता भन्न थालेका छन्, ‘बलात्कारीलाई फाँसीको व्यवस्था कहिले हुन्छ ?’

बलात्कार भएको ठहर हुन्छ । बलात्कारी, हत्यारा पक्राउ पर्दैनन् । पीडित सधैंको पीडित । बलात्कारी, हत्यारा पक्राउ नपरेको घटनाले सर्वसाधारण जनतामा त्रास बढेको बढ्यै । अनि देशको मूल संविधानले जुनसुकै अपराध गरे पनि कुनै पनि नागरिकलाई मृत्युदण्ड दिइने छैन भन्छ । तर जनता सन्तुष्ट हुन सक्दैनन् । बलात्कारी, हत्यारालाई गीत, नृत्य, नाटकमार्फत भए पनि फाँसी दिन्छन् । बलात्कृतका आफन्तमाथि न्यायका भोका जनतामाथि, आवाजवीहिन सर्वसाधारणमाथि कलामार्फत भए पनि न्याय गर्छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १९ महिना बितिसक्यो । पोष्टमार्टम रिपोर्टले बलात्पछि घाँटी थिचेर हत्या भएको भन्छ । तर बलात्कारी, हत्यारा अहिलेसम्म पत्ता लाग्दैनन् । निर्मलाको न्यायका लागि भन्दै देशैभर प्रदर्शन भए । त्यही विषयलाई लिएर नेपाल प्रहरी, नेपाल सरकारको नेतृत्वले पटक पटक आलोचित हुनुपरेको छ । तर पनि निर्मलाले न्याय पाउने टुंगो नभएपछि काठमाडौंको सरस्वतीनगर, चावहिलस्थित गोल्डेन पिक हाइ स्कूलका विद्यार्थीले ‘गोल्डेन जाम्बोरी’ का अवसरमा आयोजित कार्यक्रममा निर्मलालाई न्याय दिन खोजे । बडो रोचकपूर्वक प्रस्तुत गीति नाटकमार्फत उनीहरु बलात्कारी हत्यारालाई टुँडीखेलमा झुण्ड्याए । सारंगीको भाकामा प्रस्तुत नृत्यले दर्शक दिर्घाबाट तालीको गडगडाहट मात्रै पाएन, दर्शकलाई निकैबेर रुवायो पनि ।

विद्यालयका नृत्य शिक्षक राज श्रेष्ठको परिकल्पना तथा नृत्य निर्देशन रहेको गीति नाटकमा सर्वज्ञा राई, सोनम डिकी शेर्पा, इमोनिका राई र फुर्वा चम्जी शेर्माको अभिनय छ ।

पृष्ठभूमिमा कलाकार सुमन सागर जंग केसी नारी भएकै कारण भोग्नुपर्ने असंख्य पीडा बारे बोलिरहन्छन् । स्टेजमा चार जना किशोरीको प्रवेश हुन्छ । निर्मला पन्त साथीकोमा होमवर्क गर्न गएदेखि नै हराएको र अर्को दिन उखु बारीमा शव पाएपछि आमाले गरेको बिलौना र चिच्याहटले सबैलाई रुवाउन थाल्छ ।

हत्यारा, बलात्कारी पत्ता लाउन भन्दै नेपाल प्रहरीलाई अनुनय विनय गरिन्छः

तिमी नै हो हाम्रो रक्षक हजार बिन्ती गरी
सत्य के हो पत्ता लाइदेउ नेपाल प्रहरी ।

उड्नको लागि चरालाई त आकाश खुल्ला छ । तर नेपाली छोरी चेलीलाई भने आफ्नै समाज आफ्नो छैन । स्वतन्त्रतापूर्वक बाँच्ने आधार छैन । निर्मलामात्रै होइन, उनी जस्ता लाखौं निर्मलाहरु असुरक्षित भएको रहेको प्रसंग जोड्दै गीति नाटकले बलात्कारीलाई टुँडिखेलमा झुड्याउनु पर्छ भन्दा दर्शको अथाह समर्थन र लागातार तालीको ओइरो लाग्छ ।

असुरक्षित छोरी चेली दिन अनि साँझ,
पापीहरुलाई झुण्ड्याइदेउ टुँडीखेलको माझ ।

यिनै जस्तो छोरी चेली यसरी नै मर्छन्
फाँसी दिने कानून हेर कैले पास गर्छन् ??

हेर्नुस् भिडियो लिंक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: