कवि तुम्खेवाका कवितामा झुमे हङकङवासी नेपाली


प्रकाशित मिति :2020-02-24 14:15:28

हङकङ । कवि तथा संचारकर्मी बिमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम हङकङमा भब्यताका साथ सम्पन्न भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सभा, समारोह, जमघटहरु आयोजना गर्न मुस्किल हुने अवस्थामा हङकङवासी नेपालीको बाक्लो उपस्थितीमा तुम्खेवाको एकल कविता वाचन कार्यक्रम भएको हो ।

नेपाली भाषा तथा साहित्य परिषद् हङकङको संयोजन र हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा भएको कार्यक्रममा कवि तुम्खेवाले ‘हजार सपना र मनमाया,’ ‘भूतपूर्व विट्रिस गोरखा सिपाही खड्गबहादुर लिम्बु,’ ‘तिमी हराएपछि’ लगायतका कविता वाचन गरेकी थिइन् ।

Image may contain: Bimala Tumkhewa, standingकवितामार्फत देशप्रेम, सम्बन्ध, समाज र नारी समानताका कुरालाई केस्रा केस्रामा केलाउन सिपालु तुम्खेवाका कविताले भरपुर मनारञ्जन दिएको कार्यक्रममा सहभागी हङकङवासी नेपाली किसन राइले बताए ।

९४ औं हङकङ साहित्यिक साझा श्रृंखलाको अवसरमा कविता वाचनका लागि त्यहाँ पुगेकी तुम्खेवाले हङकङवासी नेपालीको अथाह माया र सद्भावले कविता लेखनमा थप उर्जा मिलेको बताइन् ।

यस्तै कवि तुम्खेवालाई हङकङस्थित बिपि चिन्तन प्रतिष्ठान समाज, पथरी–हङकङ सम्पर्क समितिले पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका थिए ।

Image may contain: 4 people, including Bimala Tumkhewa, people standing

Image may contain: 12 people, including Bimala Tumkhewa, people standing, suit and indoor

Image may contain: 9 people, including Bimala Tumkhewa, people standing

Image may contain: 3 people, including Bimala Tumkhewa, people standing and people on stage

Image may contain: one or more people and indoor

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: