कृषि विज्ञ यमुना घले नार्कमा मनोनित


प्रकाशित मिति :2020-02-24 15:09:36

–महिला खबर–

ललितपुर । कृषि विज्ञ यमुना घले नेपाल कृषि अनुसन्धान परिषद् (ल्ब्च्ऋ) को सदस्यमा मनोनित भएकी छन् ।

नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७६ फागुन ५ गते बसेको बैठकले घलेलाई नार्कको सदस्यमा मनोनयन गरेको हो ।

२८ वर्षदेखि समुदायमा रहेर कृषि तथा खाद्य सुरक्षाको सवालमा काम गरिरहेकी घले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनबाट ‘खाद्य सुरक्षाको शासन पद्दती’मा विद्यावारिधी पनि गर्दैछिन् ।

यमुना घले

उनी खाद्य अधिकार, भूमि अधिकार, जनजाती अधिकार लगायत विभिन्न किसानका संघ संगठनहरुसंग मिलेर कृषि नीतिलाई लैंगिकमैत्री बनाउन काम गर्दै आइरहेकी छन् ।

एक्सन एड, स्वीस राजदुतावास, कृषि विकास कोष, विश्व बैंक लगायत अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम गरिसकेकी घले यतिबेला यूएन ओमनमा लैंगिक समानता सम्बन्धी राष्ट्रिय दस्तातेज बनाउने काममा सहभागी छन् ।

परिषद्मा मनोनयनपछि महिला खबरसंग कुरा गर्दै घलेले आफ्नो कार्य अनुभव, दक्षता र क्षमताको आधारमा परिषद्को विकास र कृषि अनुसन्धानको क्षेत्रमा सकारात्मक भएर काम गर्ने प्रतिक्रिया दिइन् ।

यस्तै मन्त्री परिषद्को सोही बैठकले डा. स्वयम प्रकाश श्रेष्ठ, डा. युगनाथ घिमिरे, गोबिन्द के. सी., डा. बिनायकप्रसाद राजभण्डारी, चुन्नप्रसाद शर्मा र डा. कृष्णप्रसाद पौडेललाई पनि नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा मनोनित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: