७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने सरकारको तयारी


प्रकाशित मिति :2020-02-25 13:28:17

काठमाडौँ । सरकारले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी महिला सशक्तिकरण महाशाखाप्रमुख मनमायाँ पङ्गेनीले यसबारे जानकारी गराएकी हुन् ।

महिला, विकास र कानून मञ्चको आयोजनामा राजधानीमा भएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयकी महाशाखाप्रमुख पङ्गेनीले कोष स्थापनाका लागि कार्यविधि बनाएर सबै स्थानीय तहमा रु १० हजारका दरले सहयोग रकम पठाइएको जानकारी दिइन् ।

लैङ्गिक हिंसा नियन्त्रणका लागि कोषले सहयोग गर्ने उल्लेख गर्दै उनले समाजबाट कुसंस्कार र कुरीतिका आधारमा चलिरहेका मूल्य मान्यता हटाउन सबै लाग्नुपर्ने बताइन् । महाशाखाप्रमुख पङ्गेनीले यस्तैमध्ये कुरीतिमध्येको एक छाउप्रथा हटाउन जनताल सहयोेग गरेको सुनाइन् ।

पछिल्लो समय अछाममा मात्र पाँच हजार ५०६ वटाछाउगोठ भत्काइएको जानकारी दिँदै उनले तीमध्ये ६२० छाउगोठ त घरधनी आफैँले नै भत्काएको बताइन् । अन्य छाउगोठ भत्काउन प्रहरीलाई स्थानीयले सहयोग गरेको उनको भनाइ थियो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, भिएसओका शिखा श्रेष्ठ लगायतले सामाजिक मूल्य मान्यताका रुपमा स्थापित लैङ्गिक हिंसा निवारणका सबै स्थानीय तहमा गठन भएका कोषलाई सञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफल कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका तीन दर्जनभन्दा बढी पत्रकार र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: