बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2020-02-28 13:51:17

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई ललाइफकाई माघ ५ गते देखि फागुन ८ गतेसम्म पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले फागुन १३ गते नदाफलाई पक्राउ गरेको हो ।

पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन १२ गते आफूलाई बलात्कार गरेको भन्दै आरोपित विरुद्ध उजुरी दिएपछि आरोपित नदाफलाई गाउँमै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पीडित बालिकाको फागुन १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: