महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने


प्रकाशित मिति :2020-02-28 13:54:19

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा हुने फाइनल खेलका लागि ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले) ले बताएको छ ।

आउँदो मार्च ८ मा फाइनल खेल हुनेछ । प्रतियोगिता अन्तर्गत अहिले समूह चरणको खेलहरु भइरहेको छ ।

टी–२० विश्वकप फाइनलको टिकट बिक्रीलाई हेर्दा यसले यसअघि महिला प्रधान खेलकुद प्रतियोगितामा रहेको आधिकारिक रेकर्डलाई तोड्ने विश्वास गरिएको छ ।

क्यालिफोर्नियाको रोस वोलमा सन् १९९९ मा भएको फिफा महिला विश्व कपमा ९० हजार एक सय ८५ जना उपस्थित भएका थिए । यो फाइनलमा अमेरिकाको महिला टिमले चीनलाई हराएको थियो । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: