काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)


प्रकाशित मिति :2020-02-28 15:05:35

–महिला खबर–

ललितपुर । करिब डेढ वर्षको बच्चा काखमा बोकेकी महिलालाई पुरुष प्रहरीले निर्घात कुटिरहेको भिडियो भाइरल भइरहको छ ।

करिब डेढ वर्षको बच्चा बोकेकी महिलालाई पुरुष प्रहरीले पछाडिबाट खुट्टा, नितम्ब र ढाडमा निर्मम तरिकाले लठ्ठीले निरन्तर कुटिरहेको भिडियो भाइरल भइरहेको छ । यो भिडियो पाँच घण्टा अघि संजिवनी अनलाइन टिभीले हालेको छ ।

प्राप्त जानकारी अनुसार पूर्व बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर देवीप्रसाद पौडेल हुन् ।

आर्मीको जर्नेलबाट यसरी तहसनहस बनिन्,–माला

१६ तोला सुन र नगदसहित गएको असोज १५ गतेदेखि श्रीमान् हेम खत्री गायब भएपछि उनको भैंसेपाटीमा रहेको घर अगाडि उनकी श्रीमती माला साह लगायत जम्मा भएका महिलाहरुमाथि पुरुष प्रहरी यसरी कुटपिट गरेका हो ।

आफ्नो घर अगाडि महिलाहरु जम्मा भएको थाहा पाएपछि हेम खत्रीले प्रहरीलाई खबर गरेको र त्यहाँ पुग्नेबित्तिकै इन्स्पेक्टर पौडेलले जथाभावी हातपात र कुटपिट गरेको महिलाहरुले बताएका छन् । आरोपित खत्री नेपाली सेनाबाट नक्कली सर्टिफिकेट काण्डमा निलम्बनमा परेका पूर्व सहायक रथी हुन् ।

पत्रकारको क्यामेरामा हेमा श्रेष्ठमाथि कुटपिट भएको दृश्यमात्रै कैद भए पनि हेम खत्रीकी श्रीमती माला साहलाई इन्स्पेक्टर पौडेलले कपाल लुछेर लछार पछार गर्दै लात्तैलात्ताले हिर्काएको प्रत्यक्षदर्शी महिलाहरुले बताएका छन् ।

घटनास्थलमा प्रहरी महिला पनि उपस्थित हुँदाहुँदै इन्स्पेक्टर पौडेल आफै अगाडि बढेर आक्रोसमा आई महिलामाथि जथाभावी हातपात गरेको बताइएको छ ।

यस्तै आरोपित खत्रीले महिलाहरुलाई गाली गर्दै ढोकाबाट कट्टु खोलेर गुप्ताङ्ग देखाएको पनि त्यहाँ पुगेका महिलाको आरोप छ ।

प्रहरीले घटनास्थलमाबाट हेम खत्रीकी श्रीमती माला साहसहित गोमा केसी, रुपा घिसिङ्, शोभा खड्का थापा उषा रायमाझी र हेमा श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये उषा रायमाझी र हेमा श्रेष्ठलाई तारिखमा छोडेको र बाँकीलाई हिरासतमै राखेको छ ।

हेर्नुहोस् प्रहरीले हेमालाई कुटेको भिडियो

 

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: