मालाको न्यायका लागि अभियान संचालन, महिला मन्त्रालयको लैंगिक विज्ञ समूहको खोजी


प्रकाशित मिति :2020-03-04 10:51:36

–महिला खबर–

ललितपुर । माला साहको न्यायका लागि अधिकारकर्मी महिलाहरूले अभियान संचालन गर्ने भएका छन् ।

दुई दशकदेखि माला साहको शरीर बन्धक बनाई यौन शोषण गर्ने, शारीरिक तथा मानसिक यातना दिने, उनका बुबाको हत्या गर्ने, श्रीमान् बेपत्ता पार्ने, छोराहरूलाई लेखपढ गर्नबाट बञ्चित गर्ने र ज्यान मार्ने धम्की दिने नेपाल आर्मीका पूर्व सहायक रथी हेम खत्रीलाई कानूनी कार्वाहीको माग गर्दै अधिकारकर्मीहरूले एकजुट भएर अभियान थाल्न लागेका हुन् ।

अभियान अन्तरगत मालाको न्यायका लागि आवाज उठाउदै आएका महिलाहरूले मंगलबार महिला मानव अधिकार रक्षकका केन्द्रीय अध्यक्ष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक विज्ञ समूहका सदस्य डा. रेणु अधिकारीलाई भेटेर मालाको न्यायका लागि अघि बढ्न दबाब दिएका छन् ।

http://mahilakhabar.com/news/2020/02/26/52405.html

समूह बनाएर महिला मानव अधिकार रक्षकको कार्यालयमा पुगेका उनीहरूले मालामाथि भएको चरम हिंसाको घटना सार्वजनिक भइसक्दा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक विज्ञ समूह कहिँ कतै एक शब्द नबोलेको भन्दै डा. अधिकारीसंग आक्रोस पोखे ।

विज्ञ समूहमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका व्यक्तिहरू रहेको कुरा आफूहरूले सुनेको तर पीडितका लागि कहिँ कतै नबोलेको देखेपछि आफूहरू डा. अधिकारीकोमा आएको समूहमा सहभागी एक महिलाले बताइन् ।

“सिंहदरबार छिरेर विज्ञ समूहका सदस्य खोज्नु भन्दा यहाँ आएका हौंˮ उनले थपिन्, “महिला हिंसाविरुद्ध काम गरेको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका व्यक्तिहरूलाई टर्च बालेर खोज्नु परेको छ । यो भन्दा दुःखको कुरा के होला ?ˮ उनले प्रश्न गरिन् ।

मालाको न्यायका लागि भन्दै आफूकहाँ आएका महिलाहरूलाई डा. अधिकारीले आफू पनि माला लगायत हिंसा पीडित महिलाको पक्षमा सधैं उभिने आश्वासन दिइन् ।

डा. अधिकारीले महिला खबरसंग भनिन्, “उहाँहरू मन्त्रालयको विज्ञ समूहको सदस्य भएको नाताले मलाई खोज्नै आउनुभो । खुशी लाग्यो । म मेरो तर्फबाट हुने सबै सहयोग गर्न तत्पर छु ।ˮ

http://mahilakhabar.com/news/2020/02/28/52432.html

तर यतिबेला देशमा हिंसा पीडितको न्यायका लागि बोल्ने मान्छेहरूको जमात अत्यन्त कम भएको डा. अधिकारीले स्वीकार गरिन् ।

स्मरण रहोस्, मालालाई बन्धक बनाई यातना दिने हेम खत्री विरुद्धको उजूरी चार महिनादेखि प्रहरीले दर्ता नगरेपछि हेमलाई खोज्न उनको भैंसेपाटीस्थित घर पुगेका ६ जना महिलाहरूलाई प्रहरीले चरम यातना दिई हिरासतमा राखेको छ ।

पक्राउ परेका मध्ये दुई जनालाई सोही दिन तारेखमा छोडेको थियो भने माला साह लगायत चार जनालाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरि थुनामै राखेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: