निर्मलाको न्यायका लागि कपाल मुण्डन


प्रकाशित मिति :2020-03-04 11:07:19

–महिला खबर–

ललितपुर । निर्मला पन्तका बलात्कारी हत्यारालाई कार्वाहीको माग गर्दै एक युवतीले कपाल मुण्डन गरेकी छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिक नहुँदा देशमा दण्डहिनता बढेको भन्दै काठमाडौंको सितापाइलाकी सरिता खड्काले कपाल मुण्डन गरेकी हुन् ।

घटनाको १९ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि दबाब स्वरुप आफूले कपाल मुण्डन गरेको खड्काले महिला खबरलाई बताइन् ।

२८ वर्षीया खड्काले निर्मलाले न्याय नपाउदा अपराधले प्रसय पाएको, बलात्कारका घटना बढेको र हिंसा पीडितमा न्यायप्रतिको विश्वास घटेको भन्दै सरकारलाई दबाब यस्तो गरेको बताइन् ।

यसअघि गत वर्ष अभियन्ता सावित्री सुवेदीले निर्मलाको न्यायको लागि भन्दै कपाल मुण्डन गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: