दाईजो बिना यसरी हुँदैछ बिहे


प्रकाशित मिति :2020-03-04 11:17:51

लाहान । मधेसमा दाइजोको कारण दिनदिनै हिँसात्मक घटना सार्वजनिक हुँदै आएको छ । दाइजोकै कारण कयौं महिलाले श्रीमान्, सासू र ससुराबाटै ज्यान गुमाउनु परेको छ । तर मधेसमा विस्तारै परिवर्तनको खबर पनि आउँन थालेको छ । यसको उदाहरण बनेका छन्, लाहान ७ का सत्यनारायण पंजियार ।

पंजियारले आफ्नो एक्लो छोरा रमेन्द्र पंजियारलाई विना दाईजो विवाह गर्ने तयारी गरेका छन् । सत्यनारायण पंजियारले भने ‘आदर्श मात्रै होइन्, दहेजमुक्त विवाह गर्दैछु । सम्धीसँग भनेको छु ‘तपाईको एउटा सुई पनि मलाई चाहिदैन । बुहारी चाहिएको छ । बुहारीको लागि समेत आफ्नैतर्फबाट सबै विवाह खर्च दिँदैछु ।’

Image may contain: 4 people, people standing, suit and wedding

फागुन १६ गते सत्यनारायण पंजियारका छोरा र धनुषाको धनुषाधाम ९ धारापानी निवासी मदन महासेठकी छोरी आरतीसँग दरबार होटलमा इन्गेजमेन्ट भएको छ । बिविएस गरेका रमेन्द्र (विवेक) र बिविएस पढ्दै गरेकी आरतीबीच फागुन २५ गते दहेजमुक्त विवाह हुँदैछन् ।

योसँगै विवाहमा १ सय २० जना वृद्धा महिलालाई सत्यनारायण पंजियारले सम्धीकै गाउँमै साडी र फलफूल दिएर सम्मान गरिने तयारी गरेका छन् । इन्गेजमेन्टको बेला बेहुली आरतीले आफूले दाईजो बिनाको विवाह खोजेको र त्यही अनुसार विवाहको तयारी हुँदा आफू निकै खुशी रहेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: