१० मध्ये एक पत्रकार महिलामाथि यौन दुर्व्यवहार


प्रकाशित मिति :2020-03-05 11:14:51

–महिला खबर–

ललितपुर । हरेक १० जना पत्रकार महिला मध्ये एक जनाले आफ्नो कार्यकालमा यौन दुव्र्यवहार भोग्नु परेको एक अध्ययनले देखाएको छ । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) नेपालका ४५ जिल्लाका ४ सय ७३ जना पत्रकार महिलामा गरेको अध्ययन अनुसार १० मध्ये एक जना (१०.१)ले आफ्नो कार्यकालमा यौन दुर्व्यवहार भोग्नु परेको छ ।

“समाचार कक्षमा महिलाˮ विषयमा गरेको अध्ययन बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

यस्तै अध्ययनमा सहभागी ४ सय ६८ मध्ये एक तिहाई (१३.५)ले महिला भएकै कारण भेदभाव भोग्नु परेको उल्लेख छ ।

४ सय ६७ सहभागी मध्ये ३७.७ प्रतिशतले आफ्नो सञ्चार गृहमा लैंगिक नीति रहेको बताएका छन् भने ३८.३ प्रतिशतले नरहेको बताएका छन् । २४ प्रतिशतलाई लैंगिक नीति बारे नै थाहा छैन ।

Image may contain: 6 people, including Amika Rajthala, people sitting, people standing and indoor

डब्लूडब्लूजेका अध्यक्ष अमिका राजथलाका अनुसार अध्ययनमा ५ सय पत्रकार महिला संलग्न भएका थिए । अध्ययन अनुसार सबैभन्दा बढी ६०.७ प्रतिशत पत्रकार महिला रेडियोमा कार्यरत छन् भने २७.६ प्रतिशत छापा, २३.३ प्रतिशत अनलाईन र १८.२ प्रतिशत टेलिभिजनमा कार्यरत छन् ।

अध्ययन पुस्तकको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले संयुक्त रुपमा अध्ययन सार्वजनिक गरेका थिए ।

सार्वजनिक अनुसन्धानमाथि पत्रकारहरु श्री आचार्य, रमेश विष्ट,गीता लामा, हेमलता राई, यशोदा अधिकारीलगायतले टिप्पणी गरेका थिए । अनुसन्धानमा सहभागी योगेन्द्र नापितले पत्रकार महिलाको विट, तलव, जिम्मेवारीलाई आधार मानेर अनुसन्धान गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र बिष्टले महिला भएकै कारण पारिश्रमिकमा बिभेद भएको अबस्थामा चुप लागेर बस्न नहुने बताए ।

अध्ययनको अगुवाई वरिष्ठ पत्रकार संगिता लामाले गरेको डब्लूडब्लूजेले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: