कोरोनाको त्रासले महिला हडतालको ढाँचा फेरियो


प्रकाशित मिति :2020-03-05 11:36:02

–महिला खबर–

ललितपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको त्रास र यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विश्वव्यापी रुपमा मनाउन लागिएको महिला हडतालको ढाँचा परिवर्तन भएको छ ।

‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ संसारभरका महिलावादी एवं सहयोगी संघसस्थाद्वारा संगठित मनाउन लागिएको विश्वव्यापी महिला हडतालमा महिलाहरू एकै ठाउँमा जम्मा नहुने भएका छन् ।

नेपालमा हड्तालको संयोजन गरिरहेको महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीका अनुसार मार्च ७ तारिखका दिन काठमाडौंको भद्रकालीबाट माइतघर मण्डलासम्म जुलुस निकालेर मनाउने भनिएको महिला हडताल कोरोना भाईरसको त्रास, यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै र सरकारद्वारा कुनै प्रकारको भिड तथा जमघट नगर्न गरिएको आह्वानको कदर गर्दै जुलुस प्रदर्शन नगर्ने निर्णय गरिएको हो ।

७ मार्चका दिन गर्ने भनिएको कार्यक्रम ८ मार्चका दिन गर्ने र माईतीघरदेखि कोटेश्वरसम्म सडकको दुवै साईड गरी जम्मा १६ वटा स्टेशन बनाई प्रत्यक स्टेशनमा १० जनाको समूह भई १२ देखि १ बजेसम्म उभिई ऐक्यवद्धता जनाइने छ ।

कार्यक्रममा प्रत्येक व्यक्तिले “महिला रोकिए संसार रोकिन्छ“ लेखिएको टि-सर्ट र फेटा लगाई प्ले कार्ड बोकी प्रदर्शन गर्नेछन् । यसका साथै यस जनस्वास्थ्यको सबाललाई ध्यानमा राख्दै सबै जनाले अनिवार्य रुपमा मास्क लगाउन पनि अनुरोध गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाइ तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: