कोइलाको अन्धविश्वास


प्रकाशित मिति :2020-03-27 19:45:01

-महिला खबर-

ललितपुर । कोराना भाइरसको संक्रमण जस्तै योसँग जोडिएका अफवाह र भ्रम पनि डरलाग्दो तरिकाले फैलिरहेका छन् । खासगरी के सही र के गलत भन्ने छुट्ट्याउन नसक्ने अवस्थाका मान्छेहरू विभिन्न अफवाह र भ्रमको सिकार हुने गरेका छन् ।

सुदूरपश्चिमको कैलालीमा बिहीबारदेखि एउटा नयाँ भ्रम फैलिएको छ-मानिसहरू धमाधम आफ्नो आँगन खन्न थालेका छन्। आँगन खन्दा भेटिने कोइलाको कालो टीका लगाए कोरोना भाइरसले छुँदैन भन्ने अन्धविश्वासका कारण मानिसहरूले आँगन खनेका हुन् ।

यो भ्रम कहाँबाट र कस्ले फैलायो कसैलाई थाहा छैन । तर थाहा नपाउने र घरको आगन नखन्नेहरू भने बिरलै मात्रै छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतका अनुसार यो भ्रम बुधबार रातीदेखी फैलिएको देखिन्छ । सामाजिक संजाल र आफन्तबाट यस्तो हल्ला थाहा पाउनेहरूले बिहीबार बिहान, दिउँसोसम्म पनि आगन खने ।

भ्रम पहिले कसले सुरू गरेको हो भन्ने कसैलाई थाहा नभए पनि हल्लै हल्लामा सबैले आँगन खनेर कोइला खोज्न थालेको उनले बताए ।

डिएसपी बस्नेतले महामारीको रूपमा फैलिएको कोरोना भाइरस जस्तो रोगबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सबैसँग आग्रह गरे । र यो कोइला लगाएर निको हुने रोग नभएकाले यस्ता अफवाहको पछि नलाग्न पनि सबैलाई अनुरोध गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: