कोरोना मर्‍यो


संवाद

प्रकाशित मिति :2020-03-27 20:08:22

-पूर्णा जोशी-

कोरोना: (गेटमा नक गर्दै) को हुनुहुन्छ घरमा ? बाहिर आउनुस त।

मान्छे” क”:(भित्रैबाट) आउँदिन हो आउँदिन । हामी त लकडाउनमा । कसैको सम्पर्कमा आउँदैनौ ।

कोरोना:(अर्को घरको ढोकाको डोर बेल बजाउँदै ) को हुनुहुन्छ घरमा ? एकैछिन बाहिर सडकमा आउनुस त।

मान्छे “ख”: हामी त सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्दै ” बन्दाबन्दीमा छौँ । मरिकाटे आउँदैनौ बाहिर ।

कोरोना: (थकित,निराश ,आक्रोसित भएर चोकमा गएर चिच्याउँदै) ए मनुष्य नामका अटेरी जन्तुहरु हो !, तिमीहरूलाई बोलाउन सयौं ढोका चहार्दै हिंडे, हजारौं अनुरोध गरे । यति गर्दा पनि तिमीहरु बाहिर आएनौ ।

ठिकै छ मलाई भोकभोकै मार्ने भयौ । साबुनपानीले मिचिमिची मलाई तड्पाई तड्पाई सिध्याउने भयौ ।

मेराविरुद्ध तिमीहरू एकढिक्का भएर लकडाउनमा साथ दिँदै छौ। जतासुकै सुनसान पारेर मेरो बंशनास गर्न खोजेकोमा तिमीहरूको जय होस् ।

म त अब मर्ने भए ऐया ! आम्मामामाआआआ ( कोरोना ढल्छ । उठ्नै सक्दैन । मर्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: