गर्भवतीको उद्धार गरी काठमाडौं ल्याइयो


प्रकाशित मिति :2020-03-28 18:38:54

-महिला खबर-

ललितपुर । अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । लकडाउनका कारण मुलुक ठप्प भइरहेका बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि शनिवार काठमाडौं ल्याइएको हो ।

गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

मन्त्रीको निर्देशन र आवश्यक समन्वयपछि तत्काल काठमाडौं ल्याएलगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो ।

शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिइन् । उनका अनुसार ती महिलाको पाठेघरमा समस्या देखिएको थियो ।

शुक्रबार बेलुकादेखि नै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसक्ने भनेपछि हेलिकप्टरबाट काठमाडौंमा ल्याई उपचार सुरु गरिएको तामाङका पति गणेशले जानकारी दिए ।

स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा मन्त्रालयले तत्कालै ती महिलालाई उपचारका लागि काठमाडौं ल्याएको हो ।

दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: