जीवन पुतली खेले जस्तो हुन्न


प्रकाशित मिति :2020-03-28 20:50:56

-बिमला तुम्खेवा-

बमबम खोलाको ओरलै ओरालो
भिरैभिर निक्कै तल पुगपछि पुगिन्छ दिदीको जन्मघर
जहाँ बिताईन् उनले आमाको काखमा जीवनका सुन्दर वर्षहरु ।

बैशाखको महिना त्यस दिन
बोजुले “लु जा ठूली छोरीको जन्म अर्काको घर नगई नहुने “भन्दै सुम्सुम्याइरहदा
दिदीले “म कहाँ जानु आमा” भनेर सोधेको प्रश्न
त्यो अन्त्य थिएन जीवनमा कहिल्यै नसकिने दुस्खको सुरुआत थियो ।

पुतलीकै सुन्दर परिवार लिएर गइन्
नचिनेको रिकुटेको घर
जहाँ गएपछि बनाउनु थियो दिदीले नयाँ सृष्टि ।

कसले बनायो मान्छेको आत्मसम्मान विरुद्वको यो संस्कार ?

दिदीलाई के थाहा

अब आउने जीवन जिउँदै भुमरीमा पर्नु थियो
नसोचेको त्यस्ता धेरै दु:खसँग लड्नु थियो
दिदी जीवन हामीले खेलेको पुतली खेल जस्तो हुन्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: