काठमाडौं महानगरपालिकाले मजदुरको लगत संकलन गर्ने


प्रकाशित मिति :2020-03-29 16:18:22

ललितपुर । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं जिल्लाका उपलब्ध प्रदेशसभा सदस्य र सुरक्षा अधिकारीसँगको छलफलमा महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले छिटै लगत संकलन गर्ने बताएका हुन् ।

शाक्यले राहत वितरणको काम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एकद्ववार प्रणालीबाट गरिने पनि बताए ।

उनले विपन्नलाई भोकै पर्ने दिन आउन नदिने पनि बताए ।

नगर प्रमुख शाक्यले सरकारले तोकेको मापदण्डअनुसार कम्तीमा ५ सय जना अट्ने क्वारेन्टाइनस्थल बनाउने बताएका छन् ।

त्यसैगरी प्रमुख शाक्यले खाद्यान्नलगायतका अत्यावश्यक पसलहरु दिनभरी नै सञ्चालको पहल गर्ने पनि बताएका छन् ।

छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको संन्त्रास कम गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रदेश सभा तथा प्रदेश सभा सदस्यहरुका बीचमा साझा कार्यक्रम आवश्यक पर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: