सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना


प्रकाशित मिति :2020-04-02 17:04:37

-महिला खबर-

ललितपुर । आज ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ ।

कोरोना भाइरको संक्रमणका कारण विश्व सँगै देश पनि अहिले संकटमा छ । यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ती सहकारी दिवस केन्द्रित रह्यो । यसवर्षको ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले शुभारम्भ गरेकी छन् ।

त्यस अवसरमा केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन् ।’सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीय स्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् । देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो ।’

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परेपनि यसले कालान्तरमा फाइदा पुग्ने भएकाले नआत्तिन आग्रह गरिन्। सहकारी दिवसको अवसरमा शुभारम्भ गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत मन्त्री अर्यालले त्यस अवसरमा आग्रह गरिन् ।

त्यस अवसरमा भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको थियो । कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिए । त्यस अवसरमा मन्त्री अर्यालसहित मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डे लगायतका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: