काठमाडौँ महानगरबाट १० हजार ५ सयलाई राहत, र २२ हजार बढीको विवरण संकलन, २७ शैयाको क्वारेन्टाइन


प्रकाशित मिति :2020-04-06 09:17:02

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगपालिका भित्र वसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ । केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौँ महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।

‘शनिवारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उनले जानकारी दिए । त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उनले बताए । वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तिव्रता दिएका छन् ।

वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जनकारी दिए । उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ । अध्यक्ष विष्टका अनुसार आज मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाल ६ स्थानबाट राहत वितरण गर्दै आएको छ ।

वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेका जानकारी दिएको छ । वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।

त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ । वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिएका छन् ।

वडा १३ को राहत वितरण कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अनुगमनका लागि पुगेका थिए । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी भएका थिए ।

यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो । सो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए । काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि आजसम्म ६ सयलाई राहत वितरण गरेको छ । प्रवक्ता डंगोलले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिए ।

मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ । राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिनुभयो । वडा २१ को राहत वितरणको सुरुआत मेयर शाक्यले नै गरेका थिए । सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।

वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिएका छन् । काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाई छ । उनले राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत दिइएको र आजसम्म ५ सय ६० ले राहत पाएको जानकारी दिए । सामाजिक दुरी कायम राखेर वडाबाटै राहत वितरण गरेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: