महिला र बालिकालाई हिंसाबाट बचाउन सरकारलाई सुझावसहित अपिल


प्रकाशित मिति :2020-04-06 17:21:05

–महिला खबर–

ललितपुर । कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दिमा महिला र बालिकालाई हिंसा एवं अन्य जोखिमबाट बचाउन एनएडब्लूएचआरडी नेटवर्टले सरकारलाई सुझावसहितको अपिल गरेको ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल (एनएडब्लूएचआरडी नेटवर्ट)ले आज २४ गते गरेको अपिलमा महिला र बालिकालाई हिंसा एवं अन्य जोखिमबाट जोगाउल र नागरिकको स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

हेर्नुहोस् अपिलको पूर्ण पाठ;

कोरोना भाइरसको संक्रमणबाट यसबेला विश्वका सबै मुलुक प्रभावित भएका छन् । नेपाल पनि यसबाट अलग रहन सकेन । जीवन रक्षाकालागि सम्भावित संक्रमण रोक्न, अहिलेको अवस्थामा बन्दाबन्दीको विकल्प छैन । सबैले यसको पूर्णपरिपालना गर्नु अनिवार्य छ । कोरोनाको संक्रमणलाई नागरिक तहबाट सबै आफ्नो घरमा सुरक्षित रहने, बाहिरबाट आएका र संसर्गमा रहेका शंका लागेका व्यक्तिको उचित पहिचान गरि क्वारेन्टाइनमा राख्न सहयोग गर्ने, आफ्नो परिवार र छिमेकिकालागि आवश्यकता अनुसारको आफु सुरक्षित रहदै गर्न सक्ने सहयोग गर्न सक्दा मात्रै जित्न सकिन्छ । यो बन्दाबन्दिको अवस्थाले हामी भित्र धेरै अन्यौलता सिर्जना गरेको छ । कठिनाईहरु निम्त्याएको छ । तर पनि एउटा परिवारका सबै सदस्यहरुसँगै बस्ने जस्तो सुन्दर अवस्था पनि सिर्जना गरेको छ । यो अवस्थाको सहि प्रयोग गर्न सक्दा परिवारका सदस्यहरुबिच माया, सद्भाव बढाउन सकिने अवस्था पनि छ । तर दुर्भाग्य हाम्रो जस्तो पित्तृसत्तात्मक संरचना भएको समुदायमा यस अवस्थाले नकारात्मक असर सिर्जना गरेको देखिन÷सुनिन थालिसकेको छ । यो बन्दाबन्दिको स्थितिले धेरै महिला एवं बालिकामाथि हिंसाको जोखिम बढाएको छ । हिंसापूर्णबातावरणमा बाँच्न बाध्य बनाएको छ । सहि एवं उपयुक्त सुचनाको अभाव, राहत एवं अन्य जीवनधान्न आवश्यक पर्ने वस्तुहरुको आभावले धेरैमा मानसिक चिन्ता, नैराश्यता एवं अन्य समस्याहरु निम्त्याएको छ ।

देशको आधा जनसंख्या ओगटेका महिलालाई अहिलेको बन्दाबंदीले जसरी प्रभावित गरेको छ, त्यसले दिर्घकालिन रुपमा महिलाबालिकाको स्वास्थ्य, पारिवारिक स्वास्थ्य एवं समाजलाई असर पार्ने देखिन्छ । तर यतिबेला महिलामाथि हुन सक्ने, भैरहेको हिंसा एवं अन्य मानसिक एवं शारीरिक तनाब र पिडाका बारे जति चर्चा हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

संसारका सबै देशहरुमा यस्तो बन्दाबन्दिको स्थितिमा महिलामाथि हुने हिंसा बढेको अनुसन्धानहरुले देखाउछन् । कुनै पनि प्राकृतिक विपद् वा विश्व महामारीको स्थितिमा पितृसत्तात्मक सामाजिक मूल्यमान्यता कायम रहेको हाम्रो जस्तो देशमा महिला र बालिकाहरु सबैभन्दा बढी प्रभावित हुने र हिंसाको शिकार हुने देखिएको छ । हाम्रो देश जहाँ यसै पनि महिलामाथि हुने हिंसा अत्याधिक छ । यस्लाई आत्मसात गर्दै नेपाल सरकारद्वारा महिला हिंसा बिरुद्धको अभियान चलाइएको छ । त्यहाँ यो स्थितिमा अहिले महिलाहरु घरभित्र असुरक्षित भएको, कति जनाले त यस्तै स्थिति भयो भने मेरो ज्यान कति खेर जाने हो भन्न सक्दिन भनि समुदाय तहमा काम गरिरहेका महिलाहरुलाई जानकारी समेत गराएको स्थिति छ । भर्खरै मात्रै क्वारेनटाइन मै एक बालिकाको बलात्कार भएको समाचार आएको छ । घर परिवार सबै महिलाले चलाउनु पर्ने पद्धति भएको हाम्रो जस्तो देशमा अहिले परिवार भित्रको आर्थिक संघर्ष, सदस्यहरु कसलाई कतिबेला के हुने हो भन्ने त्रास, स्कुल बन्द रहेको अवस्था, एस. इ.इ. लगायत अन्य परिक्षा नभएको कारण उत्पन्न तनाबमा रहेका बालबालिकाहरुको व्यवस्थापन, घरखर्चको जोहो गर्नुपर्ने चिन्ता, विदेशमा भएका आफ्ना परिवारका सदस्यहरुप्रति चिन्ता र अत्याधिक एवं अनियन्त्रित कोरोना सम्बन्धि जानकारीका कारण उत्पन्न त्राशले महिलाहरु अत्याधिक तनाब, मानसिक चिन्तामा बस्न बाध्य छन् । त्यसमा थप परिवारका सबै सदस्यहरु घरमा भएको एवं घरको पुरुष वा अन्य सदस्यले महिलाको काममा सघाउने पद्धति नभएको कारण महिलाहरुमा कामको बोझ बढेको छ । परिवारका अन्य सदस्यहरुमा अहिलेको परिस्थितिको कारण उत्पन्न मनस्थितिले जन्माएको नैराश्यता, चिन्ता जस्ता स्थितिबाट उत्पन्न आक्रोश भिन्न भिन्न रुपमा महिलाले नै खप्नु पर्ने स्थितिको सिर्जना भएको छ ।

यो स्थितिलाई सहि किसिमले समाधान गर्न सके यसले कोरोना बिरुद्धको संघर्षलाई अझै व्यापक र मजबुद बनाउनुको साथै समाजमा रहेको विभेद अनि त्यसबाट उत्पन्न विभिन्न खाले हिंसाहरु समेतलाई सम्बोधन गर्नेछ भन्ने ठहर गर्दै, हामी देशका विभिन्न प्रदेश मा रहेका महिला मानव अधिकार रक्षक राष्ट्रिय संजालका केन्द्रीय सदस्यहरु हाम्रो संघीय एवं प्रदेश सरकारसँग निम्न बमोजिम अपिल गर्दछौ ः

१. सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्था को साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गरियोस् । नागरिक समाजसँगको सहकार्यमा हरेक क्वारेन्टाइन स्थलमा मनो–सामाजिक परामर्शकर्ताको व्यवस्था गरियोस् ।

२. महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय एवं हरेक प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा कुनै पनि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलाले फोन गर्दा २४ घण्टाभित्र नै प्रतिक्रिया दिने, कुरा सुन्ने, सुझाव दिने व्यवस्था सहितको हट लाइनको व्यवस्था गरियोस् ।

३. हरेक स्थानीय सरकार अन्तर्गत महिला तथा बालिकाहरुको कुरा सुन्ने छुट्टै निकायको व्यवस्था गरी, एउटा फोन नम्बरको व्यवस्था गरी सबै नागरिकहरुलाई जानकारी दिईयोस् । सबै स्थानीय तहमा कम्तिमा एकजना मनोबिमर्शकर्ताको व्यवस्था गरी उसको काम र कस्तो अवस्थामा उसलाई फोन गर्नुपर्दछ भन्नेबारे स्पष्ट बनाउने खालको सुचना समुदाय मा पु¥याईयोस् ।

४. घर टोल सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला र बालिकामाथि हुने हिंसा बिरुद्धको सचेतनालाई पनिसंगै लिएर जाने गरी सुचना निर्माण तथा सम्प्रेषण गर्ने व्यवस्था मिलाईयोस् । यस्ता सुचनाहरु तयार गर्दा स्थानीय भाषामा तथा अपागंतामैत्री हुने गरी तयार गरियोस् ।

५.घरभित्रको काम महिलाको मात्र जिम्मेवारी हैन, कामको जिम्मेवारी परिवारका सबै सदस्यहरुले बाडौं । यस्मा परिवारको पुरुषको बिशेष जिम्मेवारी हुनुपर्छ भन्ने सुचना समुदाय तह देखि नै सम्प्रेषण गरियोस् ।

६. गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलदेखि नै बिशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरा लगायतका अन्य आवश्यकताको विशेष ख्याल गरियोस् ।

७. अपाङ्गता भएका महिलाहरु यस्तो स्थितमा झन् बढी जोखिममा हुने हुँदा अपाङ्गता भएका महिलाहरुका लागी बिशेष व्यवस्था गरियोस् ।

८. सुकुम्बासी बस्तिमा बसेका, सडकमा ब्यापार गर्ने, घरेलु श्रमिकको रुपमा काम गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले हालको स्थितिमा कामलाई निरन्तरता दिने वातावरण नभएको कारण जीवन निर्वाह गर्न भैरहेको र हुने कठिनाईलाई केन्द्रित गर्दै बिशेष राहत प्रदान गरियोस् ।

९. बिरामी, अशक्त, जेष्ठ नागरिक भएका घरहरुको पहिचान गरी त्यहाँ खाद्यान्न, औषधि, दूध जस्ता अत्यावश्यक कुराहरुको पहुँच सजिलो बनाउने, घर मै पु¥याउने ब्यबस्था गर्न स्थानीय, प्रादेशिक संघिय सरकार मिलेर व्यवस्था गरियोस् ।

हामी ७ वटैं प्रदेशमा रहेका महिला मानव अधिकार रक्षकहरु यस कोरोना भाइरस विरुद्धको सरकारको कार्यमा साथ र सहयोग गर्न गर्न प्रतिबद्ध छौं ।

हस्ताक्षरकर्ताहरु

१. डा. रेणु अधिकार (राजभण्डारी) : अध्यक्ष–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल
२. बिमला लामा तामाङ्ग : उपाध्यक्ष–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, अध्यक्ष–महिला एकता समाज (सुकुम्बासी महिलाहरुको बास अधिकार आन्दोलन)
३. राधिका सापकोटा : महा–सचिब–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल (बागमती प्रदेश), कार्यकारी निर्देशक–सहयात्री समाज, धादिंग
४. लक्ष्मी आचार्य : सचिब–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, पत्रकार, प्रबन्ध सम्पादक – युग बोध दैनिक
५. सिर्जना पुन : कोषाध्यक्ष–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, कार्यकारी निर्देशक महिलाको निम्ति महिला मंच (मनोरंजन क्षेत्रमा रहेका महिला श्रमिकहरुको संस्था)
६. मञ्जीता उपाध्याय : केन्द्रिय सदस्य÷प्रमुख प्रदेश १–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, अध्यक्ष–कोकन नेपाल
७. श्याम साह : केन्द्रिय सदस्य÷प्रमुख प्रदेश २ –महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, कार्यकारी निर्देशक–मुक्ति नेपाल
८. निर्मला धिताल : केन्द्रिय सदस्य÷प्रमुख बाग्मती प्रदेश–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, अपांगता भएका व्यक्तिहरुको अधिकारको आन्दोलन
९. पवित्रा गिरी शाही : केन्द्रिय सदस्य÷प्रमुख कर्णाली प्रदेश–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, कार्यकारी अध्यक्ष–आवाज सुर्खेत
१०. निर्मला बाग्चन्द : केन्द्रिय सदस्य÷प्रमुख सुदूर पश्चिम प्रदेश–महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, दलित अधिकारकर्मी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: