सिमानामा क्वारेन्टाइन


प्रकाशित मिति :2020-04-06 20:01:38

-बिमला खड्का-

मलाई लाग्थ्यो
सङ्कट मडारिएको बेला
कसैले सम्झिने छ -जस्तो कि सरकार !
तर के थाहा र
सिमानामा यति क्रूर बन्छ भनेर
भोकले डसेपछि
म हिँडेको थिएँ चौतारी यतै छोडेर
तर आज,
श्रमिककै सत्ता भनिएको बेला
घर फर्किएको म मजदुर
आफ्नो देशको सिमाना छिर्न अयोग्य भए ।

देश ठूलो कि भोक ठूलो ?
बहस गर्नु नै छ भने
एकचोटि भोकको व्याकरण पढेर आऊ !
मेरो पनि छातीभित्र
यही देशको तस्विर टाँसिएको छ
जब दुख्यो देश
खपिनसक्नु गरी आफैँभित्र
तब म फर्किएको हुँ !
सिमानाभित्र बसेर
जति रोक्छौ रोक मलाई
तर म बाहिरै बसेर देशलाई माया गरिरहन्छु !

पहुँच हुनेहरू
सरकारी खर्चमा जहाज चढ्लान
पहुँच नहुनेहरू
मजस्तै पानीमा हेलिएर महाकाली तर्छौ !
खाली पेटले गीता नपढ्दोरहेछ
विदेशिनु मेरो रहर नभएर
पूर्खौँदेखिको कहर हो, सरकार !
सिमानाको तारबार त नाघौंला
तर कसरी भत्काउँ म
यति अग्लो वर्ग बिभेदको पर्खाल ?

मलाई थाहा छ
तिमीले उरा राष्ट्रवाद त
फगत एउटा भट्याउने नारा न हो !
म फर्किएको छु
आफ्नै प्यारो मातृभूमिको काखमा
खै कहाँ छ, सरकार
तिमीले बनाएको क्वारेनटाइन
म हरेक शर्तसहित
ढुक्कले त्यहीँ बस्न चाहन्छु !
म बुझ्दै छु आज
सायद,
हामी मजदुरको कुनै देश हुँदैन !

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: