गन्धर्वसहित सुत्केरीलाई राहत प्रदान


प्रकाशित मिति :2020-04-08 17:41:36

बाँके । लकडाउनमा परेका विपन्नहरुका लागि कोहलपुर नगरपालिका वडा नम्बर ११ ले राहत वितरण सुरु गरेको छ । वडामा रहेका विपन्न घरपरिवारहरुको तथ्यांक संकलन गरेर मंगलबारबाट राहत वितरण सुरु गरिएको हो ।

पहिलो चरणमा वडा नम्बर ११ मा १ हजार १ सय जना विपन्नहरुको नामावली संकलन गरिएको वडाअध्यक्ष कर्ण बहादुर थापाले बताए । पहिलो दिन वडा नम्बर ११ का विभिन्न बस्तीमा भूमिहिन र सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गन्धर्व समुदाय सहित दुई सुत्केरी महिला ३ सय ८ जनालाई राहत प्रदान गरिएको बताए ।

उनीहरुलाई प्रति परिवार १५ केजी चामल साढे २ केजी दाल, १ केजी तेल ,१ पोका नुन वितरण गरिएको हो । कोरोना संक्रमण जोखिमका कारण प्रत्येक दिन न्युनतम् २ सय जनालाई लक्षित गरी दरले वितरण गरिने उनको भनाई छ । ‘हामीले वडामा रहेको विपन्नहरुलाई केही सहज होस भनेर राहत उपलब्ध गराएका हौ’ उनले भने, ‘पहिलो दिन नै हामीले राहत पाएनौ भन्ने गुनासो आइसक्यो । पहिलो चरणमा ११ सय जनालाई वितरण गर्छौ । त्यसपछि छुटेकाहरुलाई वितरण हुन्छ ।’ उनले कोही व्यक्ति छुटेको भएपनि वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

अहिले वडामा राहत माग्नेको लर्को नै लाग्न थालेको छ । तथ्यांक संकलनको क्रममा छुटेकालाई वडा कार्यालयमा आएका थप नाम संकलन गर्ने र आवश्यक राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: