कोरोना भाइरस साझा दुष्मन हो, एकतावद्ध भएर परास्त गरौँः मन्त्री ढकाल


प्रकाशित मिति :2020-04-08 17:47:21

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताएका छन् । मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।

मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ती धन्यवाद दिँदै सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने बताए । उनले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढाए ।

स्पे्रयर हस्तन्तरण गर्दै ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.कय अध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्ती तयार रहेको बताए । सरकारलाई विपद्को समयमा सहयोग गर्नु कम्पनीको पनि कर्तव्य रहेको भन्दै उनले आगामी दिनमा पनि अन्य खालका सहायोगका लागि कम्पनी तयार रहेको बताए ।

होण्डा अटोमेटिक ब्याक प्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नकय निमित्त उपयोगी हुनेछ । ज्योति ग्रुपले १० थान अटोमेटिक ब्याक प्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: