बाल—बालिकाहरूको लागि निशुल्क डिजिटल एप सार्वजनिक


प्रकाशित मिति :2020-04-09 18:01:04

कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगलप्ले स्टोरमा सार्वजनिक गरेको छ । साथै यो एपमा बाल—बालिकाहरूको लागि जनचेतनामूलक कोरोना भाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एप बाल—बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले झन सहज पुग्ने छ अध्यक्ष सोडारीको विश्वास छ ।

यस एपमा भिडियोमार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ । नेपाली वर्णमाला एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: