संगैका साथीलाई कुटपिट गरि युवतीको सामूहिक बलात्कार


प्रकाशित मिति :2020-04-14 16:08:21

कैलाली । प्रहरीले एक युवतीलाई बलात्कार गरेको आरोपमा आज चार जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।

गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौरामा रहेका आफन्तलाई भेटेर गएराति १२:३० बजे घर फर्किदै गरेकी युवतीलाई खुरखुरिया नजिकैबाट नियन्त्रणमा लिई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चार जना युवकले ती युवतीसंग रहेका तीन जनालाई कुटपिट गर्दै युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवतीमाथि बलात्कार भएको जानकारी पाएपछि तत्काल घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको टोलीले बलात्कारमा संलग्न चारै जनालाई पक्राउ गरेको हो ।

ती युवतीलाई बलात्कार गर्नुअघि चारै जना युवकले धारिलो हतियारले उनीसंगै आफन्तलाई सडकमा अबरोध सृजना गर्दै धारिलो हतियार प्रयोग गरेका थिए ।
ती चारै जना युवकले तीन जनालाई कुटपिट गरेपछि ती युवतीलाई सडकबाट सय मिटर भित्र एकान्तमा लगेर जर्वजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट धारिलो हतियार र मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: