-रूपा थापा-
वर पिपलको त्यही चौतारीमा
वर्षौसम्म आफ्नो वसन्तको प्रतिक्षामा बस्छिन् वसन्ती
कुहु कुहु गर्दै जब कोइली गाउछे
अो वसन्ती, आयो रे तेरो वसन्त भन्छे ।
मुस्कुराउदै वसन्ती तब नव रङ्ग फेर्दछिन्
पाउमालाई पाउजु मयुर पङ्ख लिइ उड्दछिन्
मुस्कुराउछिन् वसन्ती मेरो फुलेका ती लालि गुराँससँग
नाच्दछिन वसन्ती मेरो रङ्गि विरङ्गि ती पुतलीका हुलसँग ।
झरी गएका ती वनपाखाका रुखका पातहरुमा
पलाउछन् फेरि नयाँ पालुवाहरू
खुलेका छन् गगनहरू
फुलेका छन हेर रङ्गि विरङ्गि फुलहरू ।
झरनाका ती कलकल आवाजहरुसँगै
गाउदैछन् चरिहरू वन पाखामा
आयो रे वसन्त मेरो भन्छिन् वसन्ती
प्रतिक्षामा बितेका ती पलहरुको हिसाव गर्दै
भुलेका ती वाचाहरू फेरि पनि निभाउदै ।
मादलुको तालसँग
सारङ्गिको धुनसँग
रम्दैछ यो धर्ती पनि
वसन्तको आगमनमा
त्यसैले त वसन्तीका मुस्कानहरू
फुलेका छन् फेरि सिरुपाते फूलसँग ।
वसन्तीसँग कयौ प्रश्नहरू थिए
किन तिमी मलाई वर्षौसम्म प्रतिक्षा गराउछौ
वसन्त मुस्कुराउदै भन्छ
म वर्षौ पछि फर्किन्छु र त
वनपाखाहरू मुस्कुराउछन् मेरो आगमनमा
गाइनेदाइहरुले भाका फेर्छन् मेरै प्रतिक्षामा
म आउछु र त
फेरि वहार आउछ यो धर्तीमा
जसरी तिमीले चुल्ठिमा सजाएको लालीगुराँसले
तिमीलाई अँझै सुन्दर बनाउँछ
प्रतिक्षा थियो र त हाम्रो मिलनमा
यो धर्ती मगमगाउँछ ।
आयो रे वसन्त मेरो भन्दै वसन्ती मुस्कुराउछिन्
केही पल त हो भेटिनु हामी
फेरि छुटिनु त छदैछ
अो वसन्त आउछौ नि फेरि भेट्न मलाई
यो पलहरू बिति गएपछि
नभुल्नु वाचा वसन्त तिमीले
म त्यही वर पिपलको चौतारीमा तिमीलाई पर्खिने छु
जब आउछ वसन्त मेरो
म फेरि नव रङ्ग फेर्ने छु ।
Comment Here!