बाटुलीको कामना


प्रकाशित मिति :2020-04-17 11:39:35

-अनिता गुरुङ-

दिन र रातको हेक्का नराखी
निद्रा र थकानलाई एक कोश पर हुत्याइ
भोक र प्यासलाई भित्र भित्रै दबाइ
प्रियजनको सामिप्यता र मायालाई
केवल कल्पनामा अँगाली
आफ्नो पेशालाई कर्तव्य र जिम्मेवारी ठानी
महामारीबाट संक्रमितहरुको उपचारमा संलग्न
अनवरतरुपमा अग्रपङ्तीमा खटेका स्वास्थ्यकर्मी,
राष्ट्र र जनताको सुरक्षामा समर्पित सुरक्षाकर्मीमा
बाटुलीको सलाम
यदि साच्चै नै कहीँ कतै अवस्थित
त्यो अदृश्य शक्तिले चमत्कार गर्छ भने
र तिमी हामीले सुन्दै आएको
“पोजिटिभ भाइव”ले काम गर्छ भने
मैले पोषिलो ठानेर जे जस्तो खाएको छु
त्यो पोष तिमीलाई लागोस्

अनि
रोग प्रतिरोधात्मक क्षमता ह्वात्तै बढोस्
किनकी कर्तव्य पालनाको क्रममा
समयमा खान तिमीलाई कहाँ सम्भव छ र?
आफूलाई चुस्त दुरुस्त राख्न
मैले नियमित गर्ने योगाभ्यासले
तिमीलाई चुस्त दुरुस्त राखोस्,
अझ धेरै उर्जा थपियोस्
किनकी
यी सबको लागि समय निकाल्न
तिमीलाई कहाँ छुट छ र ?
मानसिक तनाव हटाउन मैले गर्ने ध्यानले
तिम्रो तनाव कम गराओस्,
तिम्रो मनलाई शान्त र धैर्यवान बनाओस्,
तिम्रो मनलाई आनन्दित बनाओस्
किनकी
तिमी वाध्यकारी नियममा बाँधिएका छौ
तिम्रो ध्यान त बिरामीको सेवामा नै केद्रित छ,
जनताको सुरक्षामा नै केन्द्रित छ
यो महामारीले निम्त्याएको महासंकटमा
संक्रमितको सेवामा खट्दा खट्दा
तिमीलाई नै संक्रमण नहोस्
संक्रमणको जोखिम कम गर्न
सुरक्षामा खट्दा खट्दा
तिमी आफै नै असुरक्षित नबनोेस्
छिट्टै यो कोरोना कहरको अन्त्य होस्
अनि स्वस्थ मन र स्वस्थ शरीरसँगै
तिम्रो जीवन छिट्टै सामान्य दैनिकीमा फर्कियोस्
बस मेरो यही कामना
नयाँ वर्ष २०७७ को
तिमीलाई यही शुभकामना !!

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: