भोको पेटका लागि एकल महिलाको भोजन सेवा


प्रकाशित मिति :2020-04-18 16:21:06

–महिला खबर–

ललितपुर । बन्दाबन्दीका कारण कोही भोकै नरहुन् भन्ने उद्देश्यले एकल महिलाले समस्यामा रहेका मानिसहरूलाई खाना खुवाइरहेका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूहको काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ हात्तीगौंडामा रहेको छहारी भवन र नगरपालिकाका केही वडामा निःशुल्क भोजन सेवा दिइरहेका छन् ।

‘बन्दाबन्दीले जसको घरमा चुलो बल्दैन, जो भोकै छन्, उनीहरूले पेटभरी खाना पाउन्, कसैले भोकै बस्नु नपरोस भनेर यो सेवा दिइरहेका छौं’ मानव अधिकारका लागि महिला एकल महिला समूहकी संस्थापक अध्यक्ष तथा अभियन्ता लिली थापाले महिला खबरसंग भनिन्, ‘हामीले भोजन दिन शुरु गरेपछि खाना खान आउनेको संख्या हरेक दिन बढिरहेको छ ।’ दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान पेट गुजारा गर्ने वर्ग, घरमा सहयोगी नभएका वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, अनाथ र अति विपन्नहरू बन्दाबन्दीले भोकभोकै बस्नु परेपछि एकल महिलाहरूले स्वस्फूर्त रुपले छहारीमा खाना पकाएर वितरण गरिरहेको थापाले बताइन् ।

छहारीमा एकल महिला मात्रै होइन, स्थानीय अरु केही महिलाहरू पनि खाना पकाउन सहयोग गर्न आइरहेको थापाले जानकारी दिइन् । कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्दै एकल महिलाहरूले भोजन खुवाउने काम शुरु गरेपछि दैनिक ५ देखि ६ सय जनाले पेटभर खाना पाइरहेको पनि उनले बताइन् ।

केही नहुनेलाई पेटभर खाना दिने यो काम बन्दाबन्दी रहुञ्जेलसम्मै संचालन गरिने भएकाले यसमा खाद्यान्न सहयोग गर्न चाहानेलाई पनि सार्वजनिक रुपमा आव्हन गरिएको छ ।

खाना खुवाउने काम यही बैहाख ४ गतेदेखि शुरु गरिएको हो । छहारीमा पाक्ने खाना छहारी लगायत बुढानिलकण्ठका केही वडामा लगेर बेलुकी ४ देखि ६ बजेसम्म स्वयंसेवकहरू मार्फत वितरण गरिरहेको संस्थापक अध्यक्ष थापाले जानकारी दिइन् । खाना नपाएर भोकै बस्नु पर्ने अवस्थाका मान्छेहरूलाई यो समयमा खाना खान आउन पनि उनले आग्रह गरेकी छन् ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: