श्रमिक महिलालाई सेनेटरी प्याड्सहित खाद्यान्न बितरण


प्रकाशित मिति :2020-04-18 19:36:21

-महिला खबर-

ललितपुर । घरधनीले सिफारिस नगरिदिदा वडा कार्यालयको राहत पाउन नसकेका श्रमिक महिलालाई चेन्ज एक्सन नेपालले पुनःप्रयोग गर्न मिल्ने प्याडसहितको राहत बितरण गरेको छ ।

काठमाडौं बालकुमारीस्थित प्रहरी चौकीले घरधनीबाट सिफारिस नपाएपछी राहत पाउन नसकेका श्रमिक महिलालाई राहत आवश्यक रहेको जानकारी दिएपछि प्रहरीसंगको सहकार्यमा पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याडसहित २० जनालाई १५ दिन खान पुग्ने खाद्यान्न सहयोग गरेको चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले जानकारी दिइन् ।

यस्तै सो प्रहरी चौकीमा कार्यरत ३८ जना प्रहरीलाई नेपालमै बनेको धुन मिल्ने मास्क पनि बितरण गरेको पनि अध्यक्ष घलेले बताइन् ।

संस्थाले बन्दाबन्दी शुरू भएपछी उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी, बिपन्न, सुत्केरी, गर्भवती लगायतलाई सेनेटरी प्याडसहित एक परिवारलाई हप्ता १५ दिन पुग्ने खाद्यान्न बितरण गरिरहेको पनि घलेले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: