दैलेख घर भएका मजदुरले राहत पाएपछि भने, ‘हाम्रा भगवान काठमाडौंमा पनि रहेछन्’


प्रकाशित मिति :2020-04-18 20:42:36

–महिला खबर–

ललितपुर । बन्दाबन्दीमा काम नपाएपछि भोकभोकै बस्न बाध्य मजदुरहरुले राहत पाएपछि भने, ‘हाम्रा भगवान त काठमाडौंमा रहेछन् ।’ दैलेख स्थायी घर भई राजधानीका विभिन्न इटा भट्टामा कार्यरत मजदुर, घर बनाउने काममा संलग्न मिस्त्री तथा मजदुर, उपचाररत बिरामी, विपन्न तथा वैदेशिक रोजगारीमा जान आएकाहरुले आज राहत पाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्थायी बसोबास र कामको ठेगान नभएका उनीहरुलाई राहतको लागि कसैले सिफारिस नगरिदिएको अवस्थामा दैलेखबाट संघीय संसदमा समानुपातिक सांसद पार्वती विशुन्के र दैलेखी सेवा समाजका पदाधिकारीको सहयोगमा ५७ परिवारलाई राहत वितरण गरिएको हो ।

दैलेखबाट रोजगारी वा अरु कामका लागि राजधानी आएका, बन्दाबन्दी भएपछि समस्यामा परेका, खाद्यान्नको समस्या भएका मजदुर तथा विपन्नहरुको जिल्लाबाटै खोजी गरि आज उनीहरु भएकै ठाउँमा पुगेर राहत दिएको सांसद विशुन्केले बताइन् ।

समस्याको यो घडीमा जनप्रतिनिधिको हैसियतले समस्यामा परेकाहरुको खोजी गरेर थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको विशुल्केको भनाइ छ ।

सांसद विशुन्केसहित दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, सल्लाहकार नारायण अधिकारी, विनोद अधिकारी र विनोद शाहीले राहत सामग्री किनेका हुन् ।

राहत दिँदा चार जना परिवार हुनेलाई २५ किलो चामल, दाल, नुन, तेल र परिवारका सदस्य ५ भन्दा बढी हुनेलाई ५० किलो चामलसहित दाल, तेल र नुन सहयोग गरिएको सांसद विशुन्केले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: