विपतमा पनि रोकिएन बेचबिखन: राजस्थानबाट १७ वर्षकी बालिकाको उद्धार


प्रकाशित मिति :2020-04-19 14:48:22

ललितपुर । कोरोना महामारीका कारण नेपाल-भारत सीमा पूर्ण रूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन्। भारतमा गत मार्च २१ देखि पूर्ण रूपमा लकडाउन छ। योसँगै नेपाल-भारत सीमामा आवतजावत पनि ठप्प छ। लकडाउनकै बीच अर्थात् मार्च २४ तारिखमा भारतको उत्तरी राज्य राजस्थान पुर्‍याइएकी एक किशोरीलाई मानब बेचबिखनविरूद्ध कार्यरत संस्था आफन्त नेपालले उद्धार गरेको छ।

आफन्त नेपालका अनुसार पोखराकी १७ वर्षकी किशोरीलाई भारतको राजस्थानबाट उद्दार गरिएको छ । किशोरीका अनुसार पोखरामा रहँदा एकजना चिनजानको महिलाले आफ्नो घरमा जाऔं भनी लगेर मिठाई खान दिएको र त्यसपछि आफूलाई चक्कर आई बेहोस भएको र आफूलाई होश आउँदा अन्जान शहरमा पाएको बताएकी छन् । आफूलाई सडकमा एक्लै पाएको र आफू जोखिम अवस्थामा देखेपछि आश्चर्यचकित भएर पुलिसको सहयोग मागेको र पुलिसले पनि कोरोना परीक्षणको लागि हस्पिटलमा भर्ना गराएको उनले बताइन् ।

त्यसपश्चात् किशोरीलाई एक अस्पतालको क्वारेन्टाइनमा राखिएको र क्वारेन्टाइनमा रहँदा किशोरीको बारेमा क्वारेन्टाइनमा नै रहेका फ्रेन्च नागरिकहरुले नेपाल राजदुतावास नयाँ दिल्लीलाई खबर गरेका थिए । सोको जानकारी पाएपछि दूतावासले आफन्त नेपाललाई जानकारी दिएपश्चात विभिन्न माध्यमबाट अस्पताल ब्यवस्थापनसँग सम्पर्क गरिएको आफन्त नेपालले जनाएको छ ।

संस्थाका निर्देशक इन्द्रराज भट्टराईका अनुसार बालिकाको उद्धार र पुनर्स्थापनाका लागि राजस्थानको जयपुरस्थित चाईल्ड लाईन र जयपुर पुलिससँग समन्वय गरी कानुनी प्रक्रिया पूरा गरेपछि बालकल्याणको संरक्षणमा राखिएको छ । किशोरीको बिषयमा नेपाली दुताबास लगायत विभिन्न निकायहरुले अनुसन्धान सुरु गरेको साथै हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै परिस्थिति अनुकूल भएपछि स्वदेश फिर्ता गरिने आफन्त नेपालका निर्देशक भट्टराईले महिला खबरलाई बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: