शौच गर्न गएका बेला सुस्त मनस्थितिकि बालिका बलात्कृत


प्रकाशित मिति :2020-04-19 14:53:13

रौतहट । शौच गर्न निस्किएको अवस्थामा सुुस्त मनस्थितीकी एक बालिका बलात्कृत भएकी छन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका–५ मा एकजना ५५ बर्षीय पुुरुषले १० वर्षीया बालिका बलात्कार गरेको रौतहट प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ५५ वर्षीय वारीस अन्सारीले सुुस्त मनस्थितीकी बालिकालाई शौच गर्न निस्केको मौका पारी बलात्कार गरेका हुन् । बिहिवार राति पिसाब फेर्न बाहिर निस्केका अन्सारीले बालिकालाई ललाई फकाई आफू सुत्ने गोठमा लगेर करणी गरीरहेकै अवस्थामा बालिकालाई खोज्दै गएकी पिडीतकी आमाले रंगेहात पक्राउ गरेकी थिईन्।

तर पीडितकी आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए। लगतै पिडीतकी आमाले गरेको खबरको आधारमा इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गएको थियो।

घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एकघरमा लुकेर बसेको अवस्थामा बिहान ३ बजे बलात्कारका आरोपी अन्सारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक साहले जानकारी दिएका दिए। पिडीत बालिका र पिडकको शुक्रबार जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबरदस्ती करणीे मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाएर अनुुसंधान तथा कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: