अचम्मको संसार


प्रकाशित मिति :2020-04-20 14:48:54

-रसना ढकाल-

एक महिलालाइ प्रश्न गरे, महिला अधिकारको सवालमा भएका कामहरू तपाइँलाई कस्तो लाग्छ ?
उनले बडो घमण्ड देखाउदै भनिन्, “महिलाले आफ्नो कम्जोरी देखाए जस्तो लाग्छ ।”
ठिक छ उनले जसरी बुझेकि छन् त्यसरी नै व्याख्या गरिन्
सत्ता र सम्पत्तिको शक्तिमा हुर्केकालाई दुस्खको व्यथा थाहा हुदैन, उनले त्यसरी नै भनिन्
हो उनको भनाइमा दोष छैन, दोष तिम्रो हाम्रो सोचाइमा हो,
आजको पहिचानको लडाइँ कसको लागि हो रु उनको बुझाइको हो
उनले महसुस गर्न सकिनन्
दुर्गमका प्रसूति व्यथामा छटपटाएका महिलाको पीडा, उनले महसु गर्न सकिनन्,
दाइजो कम भयो भन्दै जलेकी महिलाको पीडा, उनले महसुस गर्न सकिनन्
दिनरात परिवारको शारीरिक यातना खेपेकी महिलाको पीडा, उनले महसुस गर्न सकिनन्
महसुस गरिन् त केवल आफू र आफ्नो सुख चयनको
त्यसैमा दुनिया देखिन्
महसुस भएन उनलाई कसैका भिजेका नयनको ।
………………………….

त्यसैले त भन्छौं हामी, महिलाभित्र पनि विविधता छ
यो पितृसत्ता पुरुषमा मात्रै होइन, महिलाभित्र पनि छ
आजको बहसको विषय बनेको छ यो विविधता
विविधतालाइ हटाएर ल्याउनु छ एकता
यसैको लागि काम गरौं, यही हो अहिलेको मुद्दा ।
…………………………..

सुत्केरी लिन अहिले पो पुग्न थाल्यो सेनाको हेलिकप्टर
तर पहिलेका दिदी बहिनीले कहाँ पाए यस्तो अवसर रु
त्यसैले त अकालमा ज्यान गयो प्रसूती व्यथामा छटपटाइ
सुरक्षित सन्तान गराउन, स्वास्थ्य चौकि र औषधि उपचार नपाइ ।
……………………..

महसुस गरौ ती महिलाहरूको पीडा, जो दाइजो कम भएको निहुँमा जलिन्
महसुस गरौं ती महिलाहरूको पीडा, जो छोरी जन्माएकै आरोपमा मरिन्
अहिले पनि यस्ता ठाउँ छन्, जहाँ महिला मानव हुँ भन्नेर अनुभूति गर्न सक्दिनन्
अहिले पनि हिंसा लुकेका छन्, जो बाहिर आउनै सक्दैनन्
…………………………

हो, हिजोको महिलाको व्यथा आज पुरै कथामा परिवर्तन भैसकेको छ
हाम्रा चेलीहरु देश हाक्ने नेता भैसकेका छन्
तर यति भएर मात्र पुग्दैन, तोड्न छ त्यो सोचलाई
पितृसत्ता अमुर्त हो, तोड्न छ अहंकारी सोचलाई

………………………..

एक पुरुषलाई प्रश्न गरें के पुरुष सबै हिंस्रक हुन्छन् ?
उनले भावुक हुँदै भने, ‘कसै कसैमा त्यस्तो सोच हुन्छ ।’
महिला हिंसामा ‘म एक जिम्मेवार पुरुषु भन्ने शिर्षक हटाइ दिउँ………………२
हिंसा कसैलाई नगरौं सम्मानको दीयो बालि दिऔं
मै राम्रो मेरो राम्रो अरुलाइ नराम्रो नदेखौं
म एक जिम्मेवार नागरिक हुँ सधै मैले समानता देखुँ
हो महिला अधिकारका नाराहरू पुरुष विरोधि होइनन्
यो त समान व्यवहार, समान सोचको लागि हो जसले हामीलाई छोड्दैनन्
बदलिँदो समयमा पुरुषमाथि पनि यातना बढिरा’छ
महिलाका पीडा बाहिर आउँछन्, पुरुषका पीडा लुकि रा’छ
उसलाई पनि हिंसा व्यक्त गर्ने एक स्थानको खाचो छ अरुको मानव अधिकार हनन् नहोस्, यस्तो सोचको खाचो छ
त्यसैले सम्मान गरौ सबैलाई, अपमान गर्ने ठाउँ नहोस्
जीवन परिवर्तन सम्भव छ, जब सोचमा परिवर्तन होस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: