आमा जस्तै बन्न सकुँ


प्रकाशित मिति :2020-04-23 11:41:25

-चेतना पोख्रेल-

अब बिहानी हुन्न कि !
जस्तो लाग्ने
तिम्रो जीवनका निसासिने
निष्पट अध्यारो रातहरूमा
जुन हिम्मत बटुलेर
उज्यालो कुर्छ्यौ तिमी
म पनि त्यस्तै
धैर्यवान बन्न सकुँ ।

दुस्खका पहाड,
ईच्छाको समुन्द्र र
बाध्यताको भयानक
खाडलभित्र पुरिएर पनि
बिल्कुल केही नभएको झैं गरी जसरी तिमी
हाम्रो लागि मुस्कुराउछ्यौ
म पनि तिमी जस्तै
मुस्कुराउन सकुँ ।

नसोचेका बज्रपातहरूले
थमाएका निरासाको रापले
गलेर अब उठ्दिनौ कि
जस्तो हुँदा अदभूत तिमी
फेरि जुन शक्तिले सम्हालिन्छ्यौ
म पनि त्यस्तै गरी
सम्हालिन सकुँ ।

जिन्दगीले डोर्‍याउदै
तिमीलाई अनेक मोडमा पुर्‍याउदा
कल्पनामा कति रमायौ
वास्तविकतामा जति कहालियौ
फेरि टुटेका सपना जसरी
जोड्छ्यौ तिमी
म पनि त्यसरी नै
जोड्न सकुँ ।

कुच्चिएका माड्वारी
बन्धकी राख्दा
बुच्चिएका तिम्रा कानले
तिम्रा अनगिन्ती त्याग उपर
शंका र षड्यन्त्र सुनिरहदा
नसुने झैं गरि
हाम्रो स्वाभिमान खातिर
जसरी तिमी जीवन परान्त
लडिरहन्छ्यौ
म पनि त्यस्तै
योद्धा बन्न सकुँ ।
हो आमा,
म पनि तिमी जस्तै बन्न सकुँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: