आमाहरू


प्रकाशित मिति :2020-04-23 11:50:37

-दामोदर पुडासैनी किशोर-

आमाहरू हराएपछि
धेरै सुन्दर चिजहरू हराए सँसारबाट

आमाहरू हराएपछि
धेरै त पुराना बाटाहरू हराए
मडारिने दुर्घटना छेक्ने हातहरू हराए

जीवनका कलिला पदचापहरू
नयाँ दृश्यको खोजिमा थिए
हरिया भन्ज्याँगहरू
रूप परिवर्तनको सँघारमा थिए
अग्लिदै थिए हिमछाँगाहरू
र फैलिदै थिए जीवनका कलिला पाटनहरू
आमाहरू हराएपछि
ती सबै पुराना भए

आमाहरू यो धर्तीमा आउनुभएको थियो र पो
हामीले देख्न पाएका हौ यो अनौठो सँसार

आमासँगै जान्न पाएकाथियौ कन्चन प्रेमको अर्थ
र सिक्न पाएकाथियौ सँसारकै नौलो गीत

जीवनको पहिलो आँखा खोल्दा
मैले आमाहरूको अनुहारलाईनै सँसार भनेर चिने
र आमाहरूको प्रेमको कारण
सँसार प्रेमको कारण चलेको रहेछ भन्ने बुझेँ
आमाहरू हराएपछि , हल्लिरहेछन् अहिलेसम्म
प्रेम र सँसारका सबै जगहरू

हाँस्नलाई आमाहरूको न्यानो ओठ थियो
रूनलाई आमाहरूको भरसिलो काख थियो
सँसार जित्नको लागि आमाहरूको दह्रिलो धाप थियो
आमाहरू हराएपछि एकपटक सारा संसार फन्फनायो

म फेरी आमाहरू जन्मेको देखिरहेछु
र हराएका आमाहरू पनि
दोबाटो ,चौबाटो ,आँगन, पिँढी र मझेरीतिर
मायाको सगुन बाँडेको भेटिरहेछु

पहाडको फेदबाट हराएका आमाहरू
पहाड बनेर अग्लिरहेको देख्दैछु म अचेल
एक हुल आमाहरू तिनै पहाड चढेर
नयाँ पहाड भेट्न हिंडिरहेछन्
हामीहरू भने आमाको छोडेका प्रेमका कोसेलीहरू
कित्ता कित्तामा खोज्दै हिँडिरहेछौँ

आमाको स्पर्श भन्दा ठूलो
यो सँसारमा रहेछ अरू कुनै जाँगर
आमाहरू हराएपछिको घाउ
अझै खाटा बस्ने सुरसार छैन

आमाहरू छन् र पो
साँच्चै उज्यालो बन्न सकेको छ यो सँसार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: