महिला मेयर भएको मौलापुर नगरपालिकाले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने


प्रकाशित मिति :2020-04-24 16:20:38

गौर । रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता दिने भएको छ ।

मौलापुर नगरपालिकाले आफ्नो मातहतका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्यसंग सम्बन्धित निकाय तथा क्वारेन्टाइन र आइसोलेसनमा खटेका डाक्टर, हेल्थ असिस्टेन्ट, नर्स, प्यारामेडिक्स लगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन लागेको हो ।

मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले विषम परिस्थितिमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताइन् ।

प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले भनिन्, ‘कोरोना भाइरसको महामारी नियन्त्रण गर्न देश नै लकडाउनको स्थितिमा रहेको अवस्था छ । सारा नगरवासी तथा अत्याधिक कर्मचारी घरमा छन् । तर स्वास्थ्यकर्मीहरु भने दिनरात फिल्डमा छन् । कोरोना भाइरस नियन्त्रणका जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् । तर त्यति मात्रले पुग्दैन भन्ने निष्कर्षका साथ उनीहरुको योगदानको कदरस्वरुप नगरपालिकाले तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: