-महिला खबर-
ललितपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिका बसोबास गर्दै आएका कैलाश भट्टसँग पार्टीको कुनै सरोकार नरहेको प्रष्ट पारेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा बस्न नदिएपछि ज्यान सुरक्षाका लागि अमेरिकामा बसेको भन्ने समाचार ‘त्यो एउटा दुखद् अनुभव’ शिर्षकमा सम्झना धितालको नाममा २०७६ बैशाख २१ गते महिला खबरमा छापिएपछि सो पार्टीले यस्तो प्रतिक्रिया दिएको छ ।
नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य ओम प्रकाश पुनले महिला खबरसँग कुरा गर्दै भने, ‘उहाँ को हो, हाम्रो पार्टीले चिन्न पनि चिनेको छैन । चिन्दै नचिनेको मान्छेलाई पार्टीबाट के असुरक्षा हुन्छ ?’
पुनले आफ्नो पार्टीले राष्ट्रघाती, दलाल, तस्कर र नैतिकरुपमा पतन भएका मान्छेहरुलाई मात्रै खबरदारी गर्ने, सच्चिन समय दिने र पार्टीको चेतावनी नमाने कार्वाही गर्ने गरेको भन्दै बिनागल्ती कसैसँग पनि निहु खोज्ने नगरेको प्रष्ट पारे । उनले भने, ‘कैलाश भट्ट भन्ने मान्छे नेपालमै बस्दैनन् त पार्टीले उनलाई कसरी धम्की र चेतावनी दिन्छ ? यो सरासर गलत हो । अमेरिकामा भिसा पाउनका लागि पार्टीलाई बद्नाम गर्न खोचिएको प्रोपोगाण्डा मात्रै हो । यसमा सत्यता छैन ।’
पोलिट ब्यूरो सदस्य पुनले आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको भन्दै निर्दोष मान्छेलाई दुःख दिने काम गर्न नसक्ने पनि प्रष्ट पारे ।
Comment Here!