महाकालीमा हाम फालेकी महिलाको उद्धार


प्रकाशित मिति :2020-04-26 12:44:43

दार्चुला । आज आइतवार विहानै दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ कि ३० वर्षीया सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।

नदिमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पुर्‍याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।

उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले बताए ।

सपनाले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन नदिमा हाम फाले भन्ने बुझिएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: