अनलाइन कक्षाको हल्ला र धरातलीय यथार्थ


प्रकाशित मिति :2020-04-26 14:35:42

-रामदेव पाण्डे-

अहिले नेपालमा धेरैतिर अनलाइन कक्षाहरूको कुरा बडो जोरसोरले उठिरहेको छ । सम्भव हुँदा कुरा नराम्रो हैन । तर, के अहिलेकै अवस्थामा यो व्यावहारिक र सम्भव छ त रु त्यसका लागि पूर्वाधार के के तयार छन् हाम्रोमा । अहिले पनि नेटको त के कुरा मोबाइलको नेटवर्क समेत बाहिर दुरदराजको त के कुरा, काठमाडौंका कतिपय ठाउँमा पनि मोबाइल नेटवर्क टिप्दैन । फेसबुक चलाएको देखेर आ नेट छ नि त भन्ने हो भने अधिकांश फेसबुक मोबाइल डाटाबाट चलेका छन् ।

बाहिर घर, आफन्त हुने धेरै विद्यार्थी काठमाडौं र अन्य सहरबाट गाउँ पुगेका छन् जहाँ मोबाइल नेटवर्क खोज्न पनि यसो डाँडोपाखो खोज्नुपर्ने अवस्था छ । त्यहाँ कक्षा नै चलाउने गरी अनलाइन एप कहाँबाट पुग्छ ? अझ त्योभन्दा ठूलो कुरा त ती सबैलाई चल्न चाहिने त बिद्युत हो । देशमा लोडसेडिङ हट्यो भनिए पनि उपयुक्त संसाधन र उपकरणको अभावका कारण आज पनि बत्ती कतिबेला कतिबेरसम्म जान्छ भन्ने टुङ्गो हुँदैन । काठमाडौंमै त्यो टुङ्गो हुँदैन भने राजधानीबाहिरको त के हाल छ थाहा भएकै कुरा हो ।

अधिकांश विद्यार्थी नेटको राम्रो पहुँचबाट बाहिर छन् । यस्तोमा अनलाइन कक्षा भै नै हाले पनि कति प्रतिशत विद्यार्थी त्यसमा सहभागी हुन पाउँछन् रु जो त्यसमा सहभागी हुन सक्दैनन् तिनीहरूमाथि विभेद हुन्छ कि हुँदैन ? सरकारसँग नियमसङ्गत तरिकाले अनुमति लिएर, कर तिरेर चलिरहेका विद्यालयका विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबिच त कतिपय पक्षबाट विभेद भयो भनिँदै आएको छ भने यो झन् ठूलो विभेद हो कि हैन ?

मानौँ जतिको पहुँचमा पुग्छ पुग्छ, अनलाइन कक्षा त चलाई छोड्ने हो भन्ने हो भने अनलाइन पढाउने पाठ्यक्रम कोसँग छ ? कागजका किताबका लागि तयार पाठ्यक्रमलाई सिधै एपमा हालेर त काम चल्ने हैन । मानौँ शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रजस्ता सरोकारवाला सरकारी निकायसँग पैसा छ, त्यस्तो सामग्री बनाइहाल्लान् रे, के सबै विद्यार्थी सामुदायिकमा पढ्छन् ? निजी अर्थात् संस्थागत विद्यालयका विद्यार्थीले के गर्ने ? तिनीहरूका पुस्तक त छुट्टै हुन्छन् । ती पाठ्यक्रमका सामग्रीलाई यति छिटै अनलाइन रूपमा लैजान सम्भव हुनै सक्दैन । अनि ती बालबालिका पढाइबाट वन्चित रहनु रु तिनीहरूले संस्थागत विद्यालयमा पढेर कुनै अपराध गरेका त हैनन् ।

कागजी पुस्तक पढाउनुभन्दा अनलाइन पढाउनु अलि फरक कुरा हो । यसका लागि छुट्टै प्रशिक्षणप्राप्त शिक्षकजनशक्तिको आवश्यकता पर्दछ । त्यो हाललाई तयार छैन । शिक्षकमात्र हैन विद्यार्थीसमेत त्यस प्रकारको अनलाइन कक्षाका लागि अलि फरक प्रकारले प्रशिक्षित हुनुपर्छ जुन हाललाई छैन । कसैलाई कमजोर आँक्न खोजेको हैन तर आज पनि फेसबुक या मोबाइलमा राम्रोसँग मेसेज लेखेर पोस्ट गर्ने त परै मोबाइलमा नाम सेभ गर्न पनि त्यति सहज महसुस गर्न नसक्ने वर्गको ठूलो सङ्ख्या रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । अनि कसले पढाउने र कसले पढ्ने त अनलाइन कक्षा रु अनलाइन कक्षा थोरैमात्र जान्ने र पहुँच पुगेकाका लागि मात्र कि सबै विद्यार्थीका लागि ?

अब फेरि मानौँ, सरकारी र निजी दुवैथरीका लागि अनलाइन पढाउन मिल्ने सामग्री तयार पनि भयो रे ! त्यसका लागि शिक्षक, विद्यार्थी दुवै पक्ष एकदम तयार भए रे ! कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थी कति छन् भन्ने त हेर्नू पर्ला नि ! ७० लाखभन्दा बढी विद्यार्थीले अनलाइन पढ्नका लागि नेट प्रदाता कम्पनीसँग कति क्षमता छ ?

अहिले लकडाउनमा मानिसहरू घरमा बसेर सामान्य फेसबुक, युट्युब र गेम खेल्दा नै नेट्वर्कको बिजोग छ । उनीहरूले पैसा तिरेको भन्दा सत्तरी पचहत्तर प्रतिशत कम क्षमताको नेट चलाउन बाध्य छन् उपभोक्ता । एकै पटक सत्तरी लाखभन्दा बढी ठाउँमा भिडियोसमेत चल्नेगरी डाटा दिनसक्ने भन्ने कुरा सम्भावना हैन कल्पनाभन्दा पनि बाहिरको हो ।

कतिपय मानिसहरू अहिले नयाँ चलेको जुम नामको एपबाट कक्षा सन्चालन गर्न सकिन्छ भन्दैछन् । विद्यालय तहको कक्षा कुनै साहित्यिक कार्यक्रम वा मिटिङ हैन जहाँ जतिले सुने सुने, जतिले बुझे बुझे भनेर उम्किन पाइयोस् । अनि त्यसकै लागि पनि नेटवर्क त राम्रै चाहिएला !

यस्तोमा केटाकेटी आए, गुलेली खेलाए गए भन्नेजस्तो गर्नलाई अहिले दुख र खर्छ गर्नु कतैबाट पनि उपयुक्त र व्यावहारिक देखिँदैन । हैन शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले केही त गर्दैछन् है भनेर यसो थमथमाउन खोजेको हो भने छुट्टै कुरा हो नत्र यो अहिलेकै संरचना र अवस्थामा सम्भव छैन । फेरि पनि भन्छु म, यो गलत र नराम्रो काम हुँदै हैन, बिस्तारै त्यतातिर जानै पर्छ तर पहिले जनशक्तिसहितको पूर्वाधार तयार गरिनु अपरिहार्य छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: