महाकाली नदीमा हाम फालेकी महिलाको मृत्यु


प्रकाशित मिति :2020-04-27 10:58:54

-महिला खबर-

ललितपुर । आईतबार दार्चुलाको महाकाली नदीमा हाम फालेपछि गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ। महकाली नगरपालिकाको गल्फईमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपालिका १ कि सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए।

आईतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्वार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुगाएको थियो। तर दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: